इलाका ३ र ४ को इलाका गोष्ठि सम्पन्न सडक, पुल निर्माणमा प्रथाकिता !

महेन्द्र केसी, पर्वत २०७३ माघ ७ । पर्वत जिल्लाको ईलाका नम्बर ३ र ४ को ईलाकास्तरिय गोष्ठि विहिबार डिमुवा बजारमा सम्पन्न भएको छ । इलाका गोष्ठिमा सहभागी रहेका ६ गाउँविकास समितिले बढीमात्रमा सडकको विकास र झोलुङ्गे पुल निर्माण तथा मोटरेवल पुलको माग गरेका छन् ।

राज्यको पुनर्संरचना अन्तरगत मोदी गाउँपालिमा समेत पर्ने उक्त क्षेत्रको विकासको लागि स्थानीय गाउँविकास समितिले सडक, खानेपानी र सिचाईलाई विशेष प्रथामिकतामा पारेका छन् । बाजुङ, देउपुर र देउराली गाउँविकास समितिले पातीखोलाका तटबन्धलाई संयुक्त रुपमा प्रस्ताबमा पारेका छन् । स्मरणीय छ, गत असारमा आएको पातीखोलाको बाढीले स्थानीयबासीको सयौ रोपनी जग्गा बगरमा परिणत गर्नुको साथै आसपासमा रहेका माछा पोखरी, घर तथा हाइड्रोपावरमा समेत क्षती पु¥याएको थियो ।

ईलाका नम्बर ३ र ४ मा पर्ने बाजुङ, देउराली, क्याङ, भुकताङ्ले, देउपुर, तिलाहार र चित्रे गाविसवाट विभिन्न खालका योजनाहरु एकिकृत ईलाका गोष्ठि मार्फत प्रस्ताव गरिएको छ । प्रस्ताबमा बढीमात्रका सडक विकास र विस्तार, खानेपानी योजना, सिचाइको माग बढी रहेको छ ।

धेरै जसो मोटरवाटो, गोरेटोवाटो, विद्यालय, पर्यटन लगायतका क्षेत्रका योजना छनौट गरिएको छ । गाविस सचिवहरुले गाउँ परिषद मार्फत पुरा आर्र्थिक कमीका कारणले पुरा हुन नसक्ने योजनाहरु जिल्ला तथा केन्द्रिय स्तरमा माग गर्नको लागि उक्त इलाका गोष्ठिमा माग गरेका थिए ।

सचिवहरुले प्रस्तुत गरेका योजनाहरुलाई एकिकृत गरि साझा योजनाहरु छनौट गरिएको छ । जिल्ला विकास समितिका योजना शाखा अधिकृत देवी शर्माले उक्त कार्यक्रमको सहजीकरण गर्दै दिगो र आयआर्जन गर्ने खालका योजना छनौट गर्न आग्रह गरिन् ।

कार्यक्रममा इलाका ३ र ४ का स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न सञ्जाल तथा गैरसरकारी निकायका प्रतिनिधी लगायत सञ्चारकर्मीहरुको सहभागितामा गोष्ठि मार्फत योजना छनौट गरिएको हो ।

कार्यक्रममा बोल्ने राजनीतिक दलका प्रतिनिधीहरुले जिल्लाको विकास हुन नसक्नुको जिम्मेवारी राजनीतिक दलहरु स्वयंले लिनुपर्ने स्वीकार गरेका छन् । इलाका ३ र ४को इलाका गोष्ठि तथा योजना तर्जुमा कार्यक्रममा बोल्ने राजनीतिक दलहरुले जिल्लाको विकास हुन नसक्नुको दोष जिल्ला विकास समिति र राजनीतिक दलहरुले लिनुपर्ने बताए ।

इलाका गोष्ठि तथा योजना तर्जुमा कार्यक्रममा बोल्ने जिल्लाका प्रमुख राजनीतिक दलहरुका प्रतिनिधिहरुले जिल्लामा विकासका योजनाहरु तयार पार्दा जनताको आवश्यकता अनुसार भन्दा पनि राजनीतिक भागबण्डाका आधारमा हुने गरेको र त्यो पनि दलभित्रका गुटका आधारमा विकासका योजनाहरु परिषदमा पारित हुने गरेको भन्दै अब त्यसो हुन नदिने नेपाली काँग्रसका जिल्ला सचिव विश्वप्रकाश प्रसाइले बताए ।

उनले हिउँदको समयमा जिल्ला विकास समिति योजनाहरुको कार्यान्वयन र अनुगमन गर्नको लागि पहल गर्नुको सट्टा बर्षायाम शुरु भएपछि सम्झौता गर्ने र अनुगमनको नाममा झार टार्ने र हतारहतारमा काम गर्नको लागि रकम विनियोजन र पारित गर्ने नाउमा कमिशन खाने प्रचलन चलिआएको आरोप लगाए ।

हिउँदमा घाम तापेर बस्ने, जब बर्षा शुरु हुन्छ योजनाहरु भकाभक पास हुन्छन्, रकम फस्र्यौट गरिन्छ हतारहतारका काम गरेजस्तो गर्ने आधा योजनामा आधा कमिशनमा चल्छ उनले भने ।

नेकपा एमाले पर्वतका उपाध्यक्ष भक्त कुवँरले इलाका गोष्ठि श्रद्धा गर्नेबेलामा विरालो बाँधेको जस्तो भएको बताए । उनले जिल्ला परिषद सम्पन्न गर्नको लागि मात्रै इलाका गोष्ठिको आयोजना गरिने गरेको भन्दै इलाका गोष्ठिले तमाब जिल्लाबासीको भन्दा पनि दलहरुको एजेण्डा समावेश र प्रथाकितामा राखेको बताए ।

नेकपा माओवादी केन्द्रका मनबहादुर पौडेलले इलाका गोष्ठिमा गाउँविकास समितिबाट आएका योजनाहरु संकलन गर्ने तर जिल्लामा पुगेपछि त्यसलाई रड्डीको टोकरीमा हाल्ने र जिल्लाका प्रमुख राजनीतिक दलहरुको भागबण्डाको आधारमा योजनाहरु तयार हुने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.