यसरी मिल्यो, राजकुत काँग्रेस भित्र रहेको भाईभाईको विवाद !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ माघ ७ । नेपाली काँग्रेस गाउँ कार्य समिति राजकुतको विवाद अन्त्य भएको छ । बिहिबार बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ का उपसभापती नर्जङ घर्तीको अध्यक्षतामा भएको बैठकमा विवादमा तानिएका दुवै पक्षविच सहमती गरिएको क्षेत्रीय सदस्य दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

केन्द्रिय सदस्य तथा जिल्ला संयोजक अर्जुन जोशी, जिल्ला सभापती दिपेन्द्र थापा, सांसाद् ज्ञानकुमारी छन्त्याल लगायतका नेताहरुको उपस्थितीमा सहमती भएको हो ।
विवाद्मा तानिएका जिल्ला सदस्य प्रकाश कुँवर र राजकुत काँग्रेस सभापती तेजेन्द्रविक्रम कुँवर विच विगतमा कमजोरी भएको स्विकार गर्दै दुवै जना पुर्ववत जिम्मेवारीमा फर्किने सहमती भएको क्षेत्रीय उपसभापती घर्तीले जानकारी दिए ।

यस अघि बागलुङ जिल्लाको स्थानिय पुनर्संरचना गर्ने क्रममा राजकुत गाविसलाई कुन गाउँ पालिकामा राख्ने भन्ने विषयमा दुई जना विच विवाद उत्कर्षमा पुगेको थियो । जिल्ला सदस्य प्रकाश कुँवरले स्थानिय चाहना अनुसार राजकुतलाई प्रस्तावित निसीखोला गाउँपालिकामा राख्नुपर्ने पक्षमा उभिएका थिए भने गाउँ पार्टी सभापती तेजेन्द्रविक्रम कुँवर भने राजकुतलाई तत्कालीन प्र्रस्तावित ढोरपाटन गाउँपालिका तथा बर्तमान ढोरपाटन नगरपालिकामा राख्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशले गल्ति स्विकार गरेपछि सहमती भएको तेजेन्द्र कुँवरले प्रतिक्रिया दिएका छन् । प्रकाशसँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *