छबिलाल पाण्डे बुर्तिबाङ २०७३ माघ ७ । जिल्ला जनस्वास्थ्य कार्यालय र भिमगिठे स्वास्थ्य चौकीको सँयुतm आयोजनामा स्थानीय महिलाहरुलाई लक्षित गर्दै एक दिने पाठ्यघर खस्ने महिलाहरुको लागि ईस्कुनिङ सिविर सम्पन्न भएको छ । निशुल्क रुपमा सञ्चालीत शिविरबाट १ सय २६ जना महिला लाभान्वित भएका छन् ।
शिविरको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख दिपक प्रसाद तिवारीले उद्घाटन गरेका थिए ।
शिविरबाट सोहि मध्य ९ जनालाई पाठ्यघरको अप्रशेन गर्नुपर्नै भएका कारण जिल्ला जनस्वास्थ कार्यालयको आयोजनामा हुने आगामि शिविरमा बोलाउने बताईएको छ । त्यस्तै ८ जनाको पाठ्यघरको खरावीका कारण रिङ केसरी राखिएको बताईएको छ । अन्यलाई २५ हजार बराबरको औषधि उपलब्ध
गराईएको आयोजकले जानकारी दिए ।