Sorry, that menu does not exist.
 

निसीमा जारी ऐतिहासिक माघे सक्रान्ति विेशष मेलाको आज समापन !

छबिलाल पाण्डे, बुर्तिबाङ २०७३ माघ ७ । तिलाचन युवा क्लब निसी भल्कोटले आयोजना गरेको माघे सक्रान्ती बिशेष मेला आज समापन हुने बताईएको छ । माघे सक्रान्ति मेलाको सांसद ज्ञानकुमारी छन्त्यालले उद्घाटन गरेकी थिईन् ।

निसीको पहिचान कला सँस्कृति, ब्यापार, जडिबुटी प्रर्यटन प्रर्बद्धन भन्ने मुल नारा सहित गत माघ १ गते देखि सुरु भएको कार्यक्रमको आज समापन हुने आयोजकले बताएका छन् ।

शुक्रबार समापन गर्नै तयारी सहित सञ्चालित प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा १३ समुहको सहभागिता रहेकोमा परिबर्तनशील युवा समाज निसी र आयोजक समुह ए फाईनल चरणमा प्रबेश गरेका छन् । महिला भलिबल तर्फ पाँच समुहको सहभागिता रहेकोमा वाताबरण संरक्षण मञ्च बोहोरागाँउ र आयोजक समुह ए फाईनलमा प्रबेश गरेका छन् । प्रतियोगितात्मक सबै खेलहरु आज सम्पन्न हुँदैछन् ।

त्यस्तै लोक दोहोरी तर्फ रेशम घर्तिको समुह र मिरा घर्तिको समुह फाईनलमा प्रबेश गरेका छन् । त्यस्तै पुरुष महिला छेलो रस्साकस्सी लगाएतका प्रस्तुती आजै सम्पन्न हुने आयोजकले जानकारी दिएका छन् ।

स्थानीय सँस्कृतिमा आधारित झाँकी प्रर्दशन, पुतली नाच लगाएतका प्रस्तुती शुक्रवार सम्म जारी रहेने बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply