Sorry, that menu does not exist.
 

घोसाखानीमा आयोजित तारा खेलको सांसद छन्त्यालव्दार उद्घाटन !

छबिलाल पाण्ड, बुर्तिबाङ २०७३ माघ ७ । नेपाल छन्त्याल प्रारम्भिक सँघ घोसाखानीले माघे सक्रान्ति को अवसरमा आयोजना गरेको तारा खेल प्रतियोगिताले बिहिबार देखि औपचारिक रुप लिएको छ ।

सँस्थाले छन्त्याल जातीको सँस्कृति सँगै तारा खेलको जगेर्ना गर्नका निम्ती पहिलो पटक सुरुवात गरिएको खेलको सांसद ज्ञान कुमारी छन्त्यालले बिहीवार उद्घाटन गरेकी हुन् ।

कार्यक्रममा बोल्दै साम्सद छन्त्यालले छन्त्यालहरुको महान चाड माघे सक्रान्ती पर्व भएको र यस्ता सँस्कृति र भेष भुषा झल्कने पर्व र खेलकुदको जगेर्ना गर्न युवाहरुले सक्रिय भुमिका खेलेकोमा प्रशंसा गरिन् ।

उनले आफुले कला सँस्कृति र बिकट क्षेत्रको बिकास निर्माणमा प्रतिबद्धरुपले लागिरहेको बताउँदै घोसाखानी आधारभुत बिद्यालय भवन निर्माणका लागि सांसद बिकास कोष कार्यक्रम मार्फत १० लाख बजेट बिनीयोजन भएको बताईन् ।

आज फितल्ला र भोलि शनिबार देखि खेल प्रतियोगिता स्ुरु हुने क्लबका अध्यक्ष लिला छन्त्यालले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद रु ४५ हजार कप मेडल र प्रमाणपत्र, व्दितीय हुने समुहले ३५ हजार कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

कार्यक्रम क्लबका अध्यक्ष लीला छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply