पत्रकार महासंघको आसन्न निर्वाचनमा सहमति खोज्ने प्रेस सेन्टरको निचोड !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ माघ ७ । प्रेस सेन्टर बागलुङको बिहिबार सम्पन्न बैठकले नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आसन्न निर्वाचनमा सहमतिको आधारमा नेतृत्व चयन गर्ने विषयमा पत्रकारहरुवीच छलफल गर्ने निर्णय गरेको छ ।

बैठकले पत्रकारहरुवीच सहमतिका लागि बार्तागर्न प्रेस सेन्टर बागलुङका सल्लाहाकार राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा चार सदस्यीय बार्ता टोली गठन गरेको छ । टोलीको सदस्यहरुमा प्रेस सेन्टर बागलुङका अर्का सल्लाहाकार राजबहादुर थापा, प्रेस सेन्टरका अध्यक्ष राम थापा अविरल र सेन्टरका सचिव खगेन्द्र विश्वकर्मा रहेका छन् ।

बैठकमा प्रेस सन्टरकी केन्द्रीय सदस्य कोपिला कंडेल नन्द हरि सृजनशील पत्रकारिता पुरस्कार २०७२ बाट पुरस्कृत गरिने भएकामा बधाई ज्ञापन गरिएको थियो ।

बैठकमा प्रेस सेन्टर केन्द्रीय सदस्य कोपिला कंडेल , बागलुङका सल्लाहकार राजेशचन्द्र राजभण्डारी , मुकेश राजभण्डारी , राज बहादुर थापा , वीर बहादुर चोखाल, शिव शरण ज्ञवाली अनिश खाती कोषा ध्यक्ष मित्र खरेलले बोलेका थिए ।

बैठक प्रेस सेन्टरका अध्यक्ष अविरलको अध्यक्षता सदस्य सुमित्रा सुनारको स्वागत र सचिव खगेन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *