आहा-रारा गोल्डकपमा रमपम झापा ११ क्वार्टरफाईलनमा प्रवेश !

कविता घर्तीमगर पोखरा २०७३ माघ ६ । पोखरामा रंगशालामा जारी १५औं आहा रारा गोल्डकपमा रमपम झापा ११ क्वार्टरफाईलनमा प्रवेश गरेको छ । अाज भएको खेलमा झापाले अमेरिकी फुटबल टिम ए.एन.एलाई ४–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब संगको भेट पक्का गरेको हो । झापाको लागी कर्ण लिम्बुले यो प्रतियोगितामा पहिलो ह्याट्रिक गरे । उनले खेलको २४औं, ३०औं र ९०औं मिनेटमा गोल गरेका थिए ।

झापाको लागी अर्को गोल कर्ण लिम्बुको पासमा ७४ औं मिनेटमा बुद्ध चेम्जोङ्गले गरेका थिए । अमेरिकी फुटबल टिम ए.एन.एको तर्फबाट एक मात्र सान्त्वना गोल खेलको ८५ आंै मिनेटमा शिशिर विश्वकर्माले गरेका थिए । अाजको खेलमा म्यान अफ द म्याच कर्ण लिम्बु भए । भाेलीको खेल सि.एम.जी क्लब संकटा र नेपाल पुलिस क्लब बिच दिनको २.३० मा पोखरा रंगशालामा हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.