बलेवा विमानस्थल तत्काल संचालनमा ल्याउन सांसद पौडेलको आग्रह !

बागलुङ, २०७३ माघ ६ । सांसद प्रकाश शर्मा पौडेलले बागलुङको बलेवामा रहेको बलेवा विमानस्थल यथाशिघ्र संचालनका लागि पहल गर्न आग्रह गरेका छन । विहिबार व्यवस्थापिका संसदको विकास समितिको बैठकमा बोल्दै सांसद पौडेलले पोखरा विमानस्थलबाट नजिक रहेको र धौलागिरीको पर्यटन विकासका लागि बलेवा एयरपोर्ट तत्काल संचालन गर्न आवश्यक रहेको बताए ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सँग देशभरका विमानस्थलको अवस्था र संचालन सञ्चालन सम्बन्धी बैठकमा बोल्दै पौडेलले हाल देशमा बन्द रहेका १८ वटा बिमानस्थल मध्ये सहज ,सम्भाब्य ,पुर्वाधार तयार भएका बिमानस्थलहरु संचालनमा ल्याउन मन्त्रालयले पहल थाल्नुपर्ने बताए ।

बागलुङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद पौडेलले बागलुङ बलेवा बिमानस्थल जनताको ब्यक्तिगत जमिन र श्रमदानबाट निर्माण गरि २०२२ साल देखि २०४८ साल सम्म वलेवा देखि काठ्माडौ ,पोखरा ,भैरहवा ,जोमसोम ,भरतपुर हवाई सेवा संचालन भएकोमा २०४८ साल देखिे यातायातको असुबिधाका कारण बन्द भएको भन्दै संवन्धित निकायले संचालनका लागि पहल थाल्नुपर्ने बताए ।

पर्यटन मन्त्रालयको रिर्पोट अनुसार हाल कन्ट्रोल टावर , रनवे ठिक भएको र ,धौलागिरी क्षेत्रलाई समेटन सकिने विमानस्थल नजीक रहेको ,मध्यपहाडी लोकमार्ग र कालीगण्डकि कोरिडर सडकले गर्दा विमानस्थल निरन्तर संचालनमा संभावना रहेको बताए ।

उहाँले पर्यटन प्रवद्र्धनका लागि पर्वतको कुस्मा देखी वलेवा सम्मको यान्त्रिक पुल र नेपालका अग्लो लामो झोलुंगे पुलले सहज भएको र पर्वत, बागलुङ सदरमुकाम देखी सवारी साधनका लागि पनी २० देखी २५ मिनेटको बाटो लाग्ने हुँदा बलेवा विमानस्थल तत्काल संचालनका लागि बैठकमा आग्रह गरे । उनले बलेवा विमानस्थन संचालनका लागि स्थानिय,राजनितिक दल ,नागरिक समाज ,उद्योगी व्यपारी सबैको चासोको विषय बनेको बताए । विमानस्थन संचालन सँगै धौलागिरी तथा आसपासका क्षेत्रमा सहज हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !