म्याग्दीका प्रजिअ आचार्य मन्त्रालय सरुवा, नयाँ प्रजिअ पौडेल आउदै !

म्याग्दी २०७३ माघ ६ । गृह मन्त्रालयले म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यलाई मन्त्रालय तानेको छ भने नयाँ प्रमुख जिल्ला अधिकारीमा गृहमन्त्रालयका राजुप्रसाद पौडेललाई सरुवा गरेको छ ।

गृहले म्याग्दी बाहेक सल्यान, खोटाङ, जुम्ला, जाजरकोट, दार्चुला र रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरेको छ । यससगै गृहले २१ उपसचिवको काज सरुवा समेत गरेको छ ।

गृहले अध्यागमन कार्यालय कोदारीका प्रमुख प्रल्हाद पोख्रेललाई खोटाङ, कपिलवस्तुका सहायक प्रजिअ भरतकुमार बुढाथोकीलाइ सल्यान र क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका नारायणप्रसाद सापकोटालार्इ जुम्लाको प्रजिअमा सरुवा गरेको छ ।

गृहले पर्साका सहायक प्रजिअ डिजन भट्टराइलाई रोल्पा, इलाका प्रसाशन कार्यालय दमकका वासुप्रसाद कोइरालालाई दार्चुला र गृह मन्त्रालयका हरिप्रसाद प्याकुरेललाई जाजरकोटको प्रजिअ बनाएको छ । गृह मन्त्रालयले अन्य १४ जना उपसचिवको जिम्मेवारी समेत हेरफेर गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.