रामु केसी निर्माण व्यसायी संघको अध्यक्षमा मनोनयन !

प्रेम सुनार, गुल्मी , २०७३ माघ ६ । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ काठमाण्डौं केन्द्रिय कार्यालयले रामु केसीका नामले परिचीत रामबहादुर खत्रीलाई संघको गुल्मी जिल्ला कार्य समितिको अध्यक्षमा मनोनयन गरेको छ ।

पौष ५ गते संघको केन्द्रिय कर्यालय अनामनगरबाट प्रेषित मनोनयन पत्रमा खत्रीलाई लोकतान्त्रिक निर्माण व्यवसायी संघको गुल्मी जिल्ला अध्यक्षमा मनोनयन गरिएको जानकारी पत्रमा केन्द्रिय समितिका अध्यक्ष हुमनाथ कोईरालाले हस्ताक्षर गरेका छन् ।

लामो समय देखि गुल्मीमा निर्माण व्यवसायको काम गर्दै आएका खत्रीलाई मोडलिङ्ग क्षेत्रमा समेत रामु केसीका नामले चिन्न र देख्न सकिन्छ । उनि मुसिकोटउपल्लोफाँट पुर्खेयौली घर भई हाल तम्घासको वाघमारेमा वसोवास गर्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.