बागलुङ २०७३ माघ ६ । बागलुङ जिल्लाकाृ रिघा–६ चौतारा बस्ने दिल बहादुर पुनको घरमा बुधबार करेन्ट सर्ट भई आगलागी हुदाँ घर पूर्णरुपमा जलेर करीव १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
यसैगरी सोही गाविससंग जोडिएको धुल्लुबासकोट–१ बस्ने थुमा घर्तीको घरमा बुधबार आगलागी हुँदा करीब ६ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।