तमान बागलुङको २६ औँ खोप सुनिश्चित गाविस घोषित !

कृष्ण कँडेल, बागलुङ २०७३ माघ ६ । पश्चिम बागलुङको तमान गाविसलाई बुधबार पुर्ण खोप सुनिष्चित भएको गाविस घोषणा गरिएको छ ।

गाविसमा रहेका ७५ जना खोप उमेर समुहका वालवालिका मध्ये सवैले खोप पाएपछि तमानलाई बागलुङको २६ औँ पुर्णखोप सुनिष्चित गाविस घोषणा गरिएको हो । गाविस भित्र अहिले खोप उमेर समुहका २४ जना बालबालिकाले नियमित खोप लिईरहेका छन् ।

कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रसासक दिपक तिवारीले वालवालिकालाई अनिवार्य रुपमा खोप लगाउनुपर्नेका जोड दिए । उनले सवै खोपको मात्र पुरा गरेका बालबालिकामा रोग प्रतिरक्षा क्षमता बलियो हुने बता
उ ।
कार्यक्रममा राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा पञ्चेबाजा सहित स्थानिय झाँकी प्रस्तुत गरिएको क्षयकुष्ठ सुपरभाईजर देवप्रकाश घिमिरेले बताए ।

कार्यक्रम तमान स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका बरिष्ठ सदस्य मनबहादुर बुढाथोकीको अध्यक्षता, तमान स्वाथ्यचौकीका अनमी अञ्जुलाकुमार मण्डलको स्वागत र तुल्सी नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *