प्रेस चौतारीले शिरिसलाई पत्रकार महासंघको अध्यक्षमा लडाउने !

बागलुङ २०७३ माघ ६ । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी, बागलुङले नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्ष पदमा बर्तमान सचिव दिल शिरिसलाई उम्मेदवार गराउने भएको छ ।

धौलागिरी एफएम, अन्नपूर्णपोष्ट लगायत विभिन्न सन्चारमाध्यममा आवद्ध शिरिस बिगत दश वर्ष देखी पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील छन् ।

उता नेपाली काँग्रेस निकट पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनका तर्फबाट पत्रकार महासंघ बागलुङको आसन्न निर्वाचनमा अध्यक्ष पदमा कस्लाई उम्मेदवार बनाउने भन्ने तय भै नसकेको बताईएको छ ।

माओवादी केन्द्र, जनमोर्चा लगायतका राजनीतिक दलहरु आवद्ध पत्रकार संगठनहरुले पनि महासंघको निर्वाचनलाई लिएर छलफल सुरु गरेको बुझिएको छ ।

एमाले निकट पत्रकारहरु सचिव शिरिसलाई निर्विरोध अध्यक्ष बनाउने प्रयासमा जुटिसकेका छन् । सरल र मिलनसार प्रवृत्तिका पत्रकार शिरिस सबै पत्रकारहरुका लागि पाच्य पात्र हुन सक्ने उनिहरुको ठम्याई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *