गीतकार सुन्दर पन्त रचित गीती एल्बम “सुन्दर सपना“ बिमोचित !

काठमाडौ २०७३ माघ ६ । गीतकार तथा शिक्षक सुन्दर पन्तद्वारा रचित “सुन्दर सपना“ नामक गीती एल्बम बरिष्ठ गीतकार कृष्णहरी बरालबाट एक समारोह विच बिमोचन गरिएको छ । उक्त गीती एल्बममा चारओटा आधुनिक गीत , तीनओटा लोक पपगीत र एउटा राष्ट्रिय गीत समाबेश गरिएको छ ।

सुन्दर सपना एल्बममा अन्जु पन्त, सन्तोष लामा, ताराबिर पाण्डे , टंक बुढाथोकी , सन्तोष रजौरे, पुष्पा गुरुङ, बिजय थापाको स्वर तथा कल्याण सिंह, सन्तोष लामा, सन्तोष रजौरे, टंक बुढाथोकी, तारवीर पाण्डेको संगीत रहेको छ । गीतमा दिनेश श्रेष्ठको संगीत सम्योजन रहेको छ ।

उक्त गीती एल्बममा समाबेश भएका गीत संगीतको बारेमा बरिष्ठ संगीतकार बुलु मुकारुङ्गले समीक्षात्मक टिप्पणी गरेका थिए ।

एल्बममा संग्रहित सन्तोष लामाको आवाजमा रहेको गीत नागबेली चाल् तथा तारवीर पाण्डेको आवाजमा रहेको गीत मायाँ गर्नु पराईलाईको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । यस् एल्बमलाई आर्टिस्ट नेपालले बजारमा ल्याएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *