रिघाका दिलबहादुर पुनको घरमा आगलागी हुँदा १५ लाख क्षती !

बागलुङ २०७३ माघ ५ । बागलुङ जिल्लाको रिघा गाविस ६ चौतारा बस्ने दिल बहादुर पुनको घरमा बुधबार करेन्ट सर्ट भई आगलागी हुदाँ घर पूर्णरुपमा जलेर करीव १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौँ चन्द्रागिरी नगरपालिका–३ कालिकानगर बस्ने पुरूषोत्तम सिग्देलको तीनतले पक्की घरमा मंगलबार ग्याँस लिक भई आगलागी हुदाँ नगद ११ हजार रुपैयाँ, टेलिभिजन २ थान, ४ आनाको सुनको लकेट र भाडाबर्तन गरी करीव ८० हजार रुपैयाँ बरावरको धनमाल जलेर क्षति भएको छ भने बझाङ जिल्लाको पाराकाट्ने–४ बस्ने नन्द किशोर जोशीको दुईतले ढुंगाको छाना भएको घरमा मंगलबार आगलागी हुदाँ घर पूर्णरुपमा जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसैवीच ललितपुर बज्रबराही नगरपालिका–१६ लेले बस्ने मुकुन्द के।सी।को दुईतले जस्ता पाताले छाएको कच्ची घरको भुई तलाको भान्छा कोठामा घर कुर्न बसेका टेक बहादुर सार्कीले दाउरा बाली खाना पकाई आगो ननिभाई सुतेकोमा उक्त आगोबाट बुधबार आगलागी हुदाँ घर पूर्णरुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण भने खुल्न सकेको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.