गुल्मीमा जनमोर्चाले मनायो अक्टोवर क्रान्ति !

प्रेम सुनार, गुल्मी २०७३ माघ ५ । अक्टोवर क्रान्तिबारे आज गुल्मीमा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला पार्टीको आयोजनमा भएको अन्तरकृया कार्यक्रममा विभिन्न राजनैतिक दलले रुसमा लेनिनले गरेको अक्टोवर क्रान्तिबारे चर्चा गरेका थिए ।

लेनिनको नेतृ्त्वमा सन १९१७ सालमा रुसमा कम्युनिष्टहरुले क्रान्ति सफल पारेका थिए । रुसी क्यालेण्डर अनुसार त्यो मिती अक्टोवर महिनामा थियो । तर रुसको नयाँ क्यालेण्डर अनुसार त्यो क्रान्ति ७ नोवेम्वर सन २०१७ मा पर्दछ ।

यसर्थ त्यो अक्टोवर क्रान्तिलाई विश्वभरका कम्युनिष्टहरुले ७ नोभेम्बरमा बनाउँदै आएका छन् । अहिले त्यो क्रान्ति सय बर्ष पुग्न लागेकोमा वर्षैभर सतवार्षिकी अक्टोबर क्रान्ति राष्ट्रिय जनमोर्चाले देशैभर मनाउन लागिएको जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथी अखिल नेपाल जनजाती सम्मेलनका महासचिव रामबहादुर बुढाले कार्यपत्र पस्केका थिए । कार्यपत्रका बारेमा नेपाली कांग्रेसका पुर्व जिल्ला सचिव बिष्णु बलाल , नेकपा एमालेका सचिव सोमनाथ सापकोटा, नेकपा मसालका जिल्ला प्रवत्ता ओमेन्द्र कुँवर , राष्ट्रिज जनमोर्चाका सह सचिव कमल अर्याल , नेकपा माओवादीका जिल्ला सदस्य खिम खड्का , नयाँशक्ती नेपालका संयोजक पुनाराम ज्ञवाली , अनेरास्ववियु ( छैठौं ) का केन्द्रिय सदस्य गोपाल भट्टराई , नागरिक समाजका संयोजक पदम पाण्डे लगायले टिप्पणी गरेका थिए ।

राष्ट्रिय जनमोर्चाका जिल्ला कार्यवाहक अध्यक्ष रामेश्वर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य हरी न्यौपानेको स्वागत मन्तव्य र सचिव छविलाल सर्तुङ्गेको सञ्चालन रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *