आहा रारा गोल्डकप : धरान फुटबल क्लब बिजयी !

पोखरा, २०७३ माघ ५ । १५ औं आहा रारा गोल्ड कप फुटवल प्रतियोगिताको बुधवारको खेलमा धरान फुटबल क्लवले बिभागिय एपीएफ क्वलविरुद्व कठिन जित दर्ता गरेको छ ।

प्रतियोगितामा धरानले बलियो प्रतिस्पर्धी एपीएफलाई १–० गोलले पन्छाउँदै क्वार्टर फाइनलमा मनाङसँगको भेट पक्का गरेको हो । निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा धरानका दिपक राईले १०५ औं मिनेटमा आकर्षक गोल गर्दै टिमलाई जित दिलाएका थिए ।

बुधवारको खेलमा धरान फुटबल क्लबका गोलकिप्पर पूर्ण चेम्जोङ्ग म्यान आफ दि म्याच भए । बिहीवार ए.एन.ए. यु.एस.ए. फुटवल टिम र रमपम झापा ११ बिच हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.