बुर्तिबाङमा म्याद नाघेका १ सय ६० कुखुराको चल्ला प्रहरीव्दारा नष्ट

बुर्तिवाङ २०७४ साउन १९ । बुर्तिबाङमा अवैध रुपमा विक्रि गर्दै गरेको अवस्थामा बुधबार १ सय ६० लेयर्स कुखुराका चल्ला बरामद गरि नष्ट गरिएको छ ।

बुटवल नवलपुर घर बताउने वर्ष ३४ का जबिद अली खानले म्याद नाघिसकेका उक्त लेयर्स कुखुराका चल्ला अबैध रुपमा बुर्तिबाङ बजारमा विक्रि गरिरहेको अवस्थामा पशु सेवा केन्द्र बुर्तिबाङले जानाकारी पाएपछि सेवा केन्द्रका प्रमुख खुमानन्द पोखरेलले उक्त म्याद गुज्रिएका अबैध कुखुराका चल्ला नष्ट गर्नका लागि जानाकारी सहित ईलाका प्रहरी कार्यालय बुर्तिबाङलाई पत्रचार गरेको थियो ।
त्यसपछि ईलाका प्रहरी कार्यालय बुर्तिबाङले उक्त कुखुराका चल्ला बरामद गरेको थियो । आवश्यक जाँचबुझ गर्दा म्याद गुज्री सकेको र अवैध रुपमा विक्रि वितरण गरेको पाइएकाले कुखुराका चल्ला नष्ट गर्नु परेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरीक्षक नारायण शर्माले बताए ।

बरामद गरिएका उक्त कुखुराका चल्लाहरुलाई ईलाका प्रहरी कार्यालय परिसरमा प्रहरी प्रशासन, पशुसेवा केन्द्र बुर्तिबाङ, जन प्रतिनिधि, पत्रकार र स्थानीयवासीको रोहवरमा नष्ट गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply