छोरा/छोरीको निम्तोमा विदेश घुम्न ९० वर्षको उमेरमा एमआरपी !

प्रेम सुनार, गुल्मी २०७३ माघ ५ । वैदेशिक रोजगारका लागि एमआरपी बनाउने युवाहरुको भीडमा उभिदै आज जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक जना ९० वर्षिय बृद्धले पनि एमआरपी फारम भरेर पेश गरेका छन् ।

आँपचौर –का ९० वर्षिय दुर्गादत्त अर्यालले एमआरपी अर्थात मेशिन रिडेवल पासपोर्ट बनाउन लागेका हुन् । छोरा छोरी नातिनीहरु विभिन्न विकसित मुलकमा रहेको र उनिहरुले घुम्न बोलाए पछि अर्याललाई एमआरपीको खाँचो परेको हो ।

विक्रम सम्वत १९८७ साल माग ३ गते जन्म भएको उनको एमआरपी फारममा उल्लेख छ । त्यसबाट उनि ९८ वर्ष पुरा गरी ९० वर्षको उमेरमा पाईला टेकेका छन् ।

अष्ट्रेलियामा रहेका छोरी ज्वाई वन्दना अर्याल कँडेल र सुरज कँडेल । त्यस्तै सिंगापुरमा रहेका नाती सुरेश अर्यालले घुम्न वोलाए पछि त्यसको पुर्व तयारीका रुपमा अर्यालले छोरा ऋषिराम शर्मा अर्यालका साथमा आएर एमआरपी पेश गरेका थिए ।
हुन त उनले हस्तलिखित राहदानी दुई वर्ष अघि बनाएर सिंगापुरमा रहेका अर्का छोरा घनश्याम अर्यालले बुहारी सीता अर्यालले बोलाएर त्यहाँ घुम्न पुगेका थिए ।

बँैश उमेरमा आफ्नै सदरमुकाम दुरदराज जस्तै ठानेका अर्याललाई अहिले बुढेशकालमा आएर अष्ट्रेलिय , सिंगापुर जस्ता विकसित मुलुकहरु पानी पँधेरो जस्तै बनेका छन् ।

तस्वीर-उनै एमआरपी बनाउन तम्घासका ९० वर्षिय बृद्ध

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *