रारा गोल्डकपमा आज एपिएफ क्लब र धरान फुटबल क्लब विच हुदै

कविता घर्तीमगर, पोखरा २०७३ माघ ५ । १५ औं संस्करणको आहा ! रारा गोल्डकपमा आज सशस्त्र प्रहरीको एपिएफ क्लब र धरान फुटबल क्लब विच हुदैछ ।
हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबले विजयी भएको छ । आयोजक सहारा क्लब पोखराले सुदुरपश्चिम ११ स्पोर्टिङ क्लबलाई ४–० गोलको फराकीलो अन्तरले पराजित गरेको हो ।

सहाराका लागि पहिलो गोल खेलको छैठौं मिनेटमा मार्टिनले गरे । दोस्रो गोल खेलको २७ औ मिनेटमा रिचार्ड पुनले गरे । त्यसै गरि तेस्रो गोल ३८ औ पिटर सेगुनले गरेका छन् । चौथो गोल मार्टिनले नै खेलको ८२ औं मिनेटमा गरेका थिए ।
प्रतियोगितामा आयोजक सहारा क्लब, तीन विदेशी र तीन विभागिय टिम सहित १२ टिमको सहभागिता छ ।

प्रतियोगिताको विजेताले पाँच लाख एक हजार एक नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । उपविजेतलाई दुई लाख ५१ हजार एक रुपैया नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो ड्यास स्कुटर प्रदान गरिनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैया प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट गोलकिपर , डिफेन्स, मिडफिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैया नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई हिमश्री फुड्को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ ।

प्रतियोगिता अबलोकनको लागि गएका दर्शक मध्ये प्रत्येक दिन गोलाप्रथाबाट एक जनालाई माइक्रोम्याक्स मोवाईल प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिता अबधिभर काटिएको टिकटमध्येबाट गोलाप्रथा गरी एक जनालाई एक तोला सुनको सिक्का र एक जना दर्शकलाई एलजी टिभी प्रदान गरिने बताइएको छ ।
खेल पोखरा रंगशालामा दिउसो २.३० बजेबाट हुनेछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.