पत्रकार कंडेललाई नन्द–हरि सृजनशील पत्रकारिता पुरस्कार प्रदान गरिने !

बागलुङ २०७३ माघ ५ । पत्रकार कोपिला कँडेललाई नन्द–हरि सृजनशिल पत्रकारिता पुरस्कार–२०७२ प्रदान गरिने भएको छ । पुरस्कारको राशी नगद १५ हजार १ सय ५० र प्रमाणपत्र रहेको छ ।

नेपाल पत्रकार महासघ बागलुङ शाखा पुरस्कार छनोट समितिको मंगलबार सम्पन्न बैठकले पत्रकार कँडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

धौगागिरि अञ्चल भित्र रही क्रियाशिल पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कृत गर्ने उदेश्यले पत्रकार हरिनारायण गौतमको परिवारले आफ्ना मातापिताको स्मृतिमा नन्दहरि सृजन शिल पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।

फागुन ९ गते पुरस्कृत र सम्मान गर्ने कार्यक्रम रहेको पुरस्कार छनौट समितिका सँयोजक राजेशचन्द्र राजभण्डारीले जानकारी दिए । पुरस्कार नेपाल पत्रकार महासघका केन्द्रीय अध्यक्ष डाक्टर महेन्द्र बिस्टबाट प्रदान गरिने बताइएको छ ।

पत्रकार कँडेल रेडियो नेपाल, सयपत्री एफएम लगायत विभिन्न सन्चार माध्यमहरुमा आवद्ध रहेकी छिन् । उनी प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्य हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.