लुभेन बेल्जियम, २०७४ साउन १२ । एनआरएन बेल्जियमको आगामी अगस्टमा हुने अधिवेशन र लगत्तै सेप्टेम्वरमा हुने निर्वाचनले यहाँको नेपाली समाज तरँगित भएको छ । विगतमा जस्तै नेतृत्व आफनो पक्षमा पार्न चुनावी तालमेल, सहमतिका प्रयास र उम्मेदवारी घोषणाले तीव्रता पाएको छ ।
मुख्यतया नेतृत्वका आँकाक्षीहरुमा राजनैतिक दलका प्रवासी सँगठनहरुबाटनै देखिएको छ । अध्यक्षमा घोषित उम्मेदवारहरु मध्ये काँग्रेस समर्थित जनसम्पर्क समितिको समर्थनमा सुवास जोशी, प्रवासी नेपाली मँच एमालेबाट सरस्वती चापागाई र जनप्रगतिशील मँच माओवादीबाट लोक दाहालवीच त्रिपक्षीय प्रतिस्पर्धाको आँकलनवीच जनसम्पर्क र प्रवासी मँचवीच तालमेल भएर जोशीलाई समर्थन गरेपछि अव व्दिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
सामाजिक सक्रियता, नेपालमा परोपकारी कार्यमा प्रत्यक्ष सहयोग तथा बर्तमान महासचिवको रुपमा राम्रो सामाजिक छवि निर्माण गरेका दाहालको उम्मेदवारीलाई बलियो दावेदारीका रुपमा हेरिएको छ ।
यसैवीच हिजो भएको जनप्रगतिशील मँच, विप्लव समर्थित जनप्रगतिशील मोर्चा, राप्रपा समर्थित प्रवासी नेपाली एकता समाज र सँघीय समाजवादी समर्थित सँघीय समाजको सँयुक्त बैठकले लोक दाहाललाई समर्थन गर्ने निर्णय गरेको एक विज्ञप्तिमार्फन जनाएका छन् ।
यो निर्णय सँगै एनआरएन बेल्जियमको अध्यक्षमा लोक दाहालको पल्ला भारी भएको र विजय नजीक पुगेको बिश्लेषण गरिदैछ ।
विज्ञप्तिको पूर्णपाठ