लागुऔषध चरेस सहित बागलुङ अर्गलका वन पक्राउ !

काठमाडौँ, २०७३ माघ ४ । बागलुङ जिल्ला अर्गल गाविसका एक जना व्यक्तिलाई प्रहरीले ८ किलो भन्दा बढी अवैध लागु औषध चरेस सहित पक्राउ गरेको छ । उनलाई प्रहरीले चेकजाँचको सिलसिलामा काठमाडौँको नागढुंगा चेकपोष्टबाट नियन्त्रणमा लिएको हो ।

चरेस सहित पक्राउ परेका अभियुक्त अर्गल गाविस- ४ का ५० वर्षिय जुक्ते वन भएको प्रहरीले बताएको छ । उनी नागढुंगाबाट ८ केजी ३ सय ३४ ग्राम लागु औषध चरेस सहित पक्राउ परेका हुन । निज अभियुक्त वन पोखराबाट ग १ ख ३६७८ नं को बसबाट काठामाडौ आउदै गर्दा पक्राउ परेका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *