अधिकारीचौर पूर्ण खोपयुक्त गाविस, खोपबाट बालबालिकालाई बञ्चित नगराउन आग्रह !

नारायण रिजाल, बुतिवाङ २०७३ माघ ४ । बागलुङको अधिकारीचौर गाविसलाई मंगलबार एक समारोहका विच पूर्ण खोप युक्त गा.वि.स. घोषणा गरिएको छ । स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप गा.वि.स. हाम्रो प्रतिवबद्धता भन्ने मुल नाराका साथ गा.वि.सलाई पूर्ण खोप गा.वि.स घोषणा गरिएको हो ।

कार्यक्रमका उदघाट्न गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बालबालिकालाई कुनै पनि खोपबाट बञ्चित नगराउन आम समुदायलाई आग्रह गर्दै पूर्ण खोप गाविसले समाजका लागि अझ थप जिम्मेवारी थपेको हुँदा बालबालिकाले खोप पाए नपाएको एकिन गर्नेको लागि पनि अभिभावले नै चासो राख्नु पर्ने बताए ।

कुल ६ हजार ७ सय जनसंख्या रहेको गा.वि.स.मा १२ देखी २३ महिना भित्रका जम्मा १ सय ७३ जना बालबालिका सबैलाई पुर्ण खोप दिलाएपछि गाविसलाई पुर्ण खोप युक्त गाविस घोषणा गरिएको अधिकारीचौर स्वास्थ्य चौकीका सिनियर अहेब ललित कुमार यादवले जानकारी दिए ।

कार्यक्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेब ऋतुवर्ण पौडेल, शिवालय मावि अधिकारीचौरका प्रअ देवेन्द्र छन्त्याल, सुआहारा बागलुङका फिल्ड सुपरभाईजर, खगेन्द्रमान पुन, वडा नागरिक मंचका संयोजक निम बहादुर बुढा मगर, महिला स्वास्थ्य स्वयं सेविका, पुर्णा भण्डारी, भुजी माविका प्रअ चुडामणी पौडेल, दलित संजालको तर्फबाट दिल बहादुर नेपाली, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जन्मेदेखी १ वर्ष सम्मका बालबालिकालाई विसिजी एक मात्रा,दादुरा रुवेला एक मात्र डिपिटि हेपबी हेप र पोलियो तिन मात्रा खोप लागाउनु पर्दछ ।
स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका बरिष्ठ सदस्य दिल बहादुर घर्तिमगरको अध्यक्षता स्वास्थ्य चौकीका अनमी हरिमायाँ राम्जालीको स्वागत, र ग्रामिण विकास मंञ्च अधिकारीचौरका सदस्य प्रेम घर्तिमगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *