भ्रमण नेपाल युवा क्लब, छिस्तीको प्रथम बार्षिकोत्सव सुरु !

हरि शर्मा, बागलुङ २०७३ माघ ४ । भ्रमण नेपाल युवा क्लव छिस्ती—५ ओइनकुना बागलुङको प्रथम बार्षिकोत्सव एवं विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । क्लवको बार्षिकोत्सवको उद्घाटन गर्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य ओमकार थापाले गाउँको विकाशका लागि सम्पूर्ण स्थानीय बासिन्दाहरु फुटेर होइन जुटेर लाग्नुपर्ने बताए । त्यस्तै उनले यहाँको विकाशमा यहाँका युवा क्लव,आमासमुह,विभिन्न स्थानीय संघसंस्थाहरुवीच एकता हुनुपर्ने भन्दै एउटै वडामा २/३ वटा क्लव दर्ता हुँदा भन्दा पनि सवै मिलि एउटै संस्था वा क्लवमा मिलेर अगाडि बढ्न सकेमा मात्र विकाश हुने बताए ।

सो अवसरमा नेपाली काग्रेस गाउँ कार्य समिती सदस्य दयाराम शर्मा,पत्रकार हरि शर्मा,बालविकास प्राविका विव्यस अध्यक्ष बिसन थापा,प्रअ एवं क्लवका बरिष्ठ सल्लाहकार पदमबहादुर थापा लगायतले बोलेका थिए ।

भ्रमण नेपाल युवा क्लवका अध्यक्ष थिरबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य क्लवका सदस्य गिमबहादुर थापा र सञ्चालन सचिव सुमन थापाले गरेका थिए । कार्यक्रममा वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता,हाजिरी जवाफ प्रतियोगिता,खुल्ला गायन तथा नृत्य प्रतियोगिता सँगै स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति रहने क्लवले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.