सिवाईसीद्घारा श्रदाञ्जली सभा

सुमन जि.सी,
बागलुङ १२, पौष २०७३

चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका सदस्य सबला शर्मा सुवेदीका पुज्यनीय शासु एवं संस्थाका शुभचिन्तक शिवप्रसाद सुवेदी, तारानाथ सुवेदी र जगत सुवेदीका ममतामयी माता समाजसेवी क्रियाशिल व्यक्तित्व पर्वत जिल्ला कुश्मा नगरपालीका वडा नं. ५ नीवासी स्व. झुपी सुवेदी कोे ६४ वर्षको उमेरमा मिति २०७३ पौष ६ गते भएको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ ।

संस्थाका ऐक्सेस कार्यदल सदस्य सीता शर्मा नेतृत्वको टोलीले ७ औँ दिनको पुण्य तिथीको अवसरमा स्वर्गिय सुवेदीकोे घरमै पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो । सो अवसरमा बोल्दै शर्माले स्व. सुवेदीलाई गुमाउनु पर्दा सिवाईसी मर्माहित भएको र संस्थालाई अपुरणिय क्षती पुगेको बताउनुका साथै परिवारजनलाई स्व. सुवेदीले गरेका कार्यहरुलाई अनुसरण गर्दै अगाडि वढ्न र धैर्य गर्नका लागि आग्रह समेत गर्नुभएको थियो । साथै सोही अवसरमा संस्थाको तर्फवाट सुवेदी परिवारलाई अध्र्वदैहीक कर्मका लागि रु १० हजार सहयोग उपलव्ध गराईएको थियो ।

संस्थाले जिवन आवास तथा सामाजिक सुरक्षा कोष मार्फत आफ्ना सदस्यहरुको रितिरिवाज, संस्कार, सामाजिक संस्कृति, चालचलन अनुसार मृत्यु पश्चात गरीने अध्र्र्वदैहिक कार्य, सुत्केरी अवस्थामा सुत्केरी स्याहार तथा पोषिलो खानेकुरा व्यवस्थापन, विरामी र दुर्घटनामा परेको अवस्थामा उपचार गर्न र वृद्धाअवस्थाको साहारा स्वरुप विभिन्न प्रकारको सुविधाहरु उपलव्ध गराउँदै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.