विद्युत प्राधिकरणको लापर्वाहीले एक युवतीको ज्यान गयो !

बागलुङ २०७३ माघ ४ । रायडाँडा गाविस ३ का अशोक केसीकी १८ वर्षिया छोरी पार्वती केसीको बिजुलीको करेन्ट लागेर मुत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार हिँजो विहान पौने १२ बजेको समयमा निज पार्वती केसी कुस्मी बजारबाट रायडाँडा घर तिर फर्कदा बाटोमा बिजुलीको खम्बामा लगाएको स्टे तारमा समात्न पुग्दा बिजुलीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।

आम नागरिक हिँड्ने बाटोमा गाडिएका बिजुलीको खम्बामा लगाएको स्टे तारमा कसरी करेण्ट प्रवाह भयो र एक यात्रुको मृत्यु हुन पुग्यो त्यसबारे छानविन हुनु पर्ने स्थानीयले माग गरेका छन् ।

सरोकारवाला निकायको चरम लापर्बाहीका कारण एक युवतीको अकालमा ज्यान गएकोमा आफन्तहरुले क्षेतीपूर्तिको माग गरेका छन् । यसरी सडक बाटोमा करेन्ट प्रवाह हुनुमा कस्को लापर्वाही हो छानविन गरी दोषीलाई कार्बाही गरिनु पर्ने स्थानीयको माग रहेको छ ।

यसैवीच म्याग्दी बेनी नगरपालिका–१३ बस्ने ४६ बर्षीय बलिन्द्र कुँवरको आइतबार राति आफ्नै घरको माथिल्लो तलाको भ्mयालबाट शौचालय जाने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.