निसीबासीले मगर समुदायको कला संस्कृतिलाई जगेर्ना गरेकामा खुशी ब्यक्त !

लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७३ माघ ४ । निसी गाँउ विकास समिति भल्कोटमा रहेको तिलाचन युवा क्लवले माघे सक्रान्ति २०७३ तथा देवी पुजा र पुतली नाचको अवसर पारेर आयोजना गरेको सांस्कृतिक झाँकी प्रदर्शन एवम विविध खेलकुद तथा सास्ंकृतिक कार्यक्रमको सोमवार उद्घाटन गरिएको छ ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथी एवं सांसद ज्ञान कुमारी छन्त्यालले गरेकी थिईन् । उनले मगर समुदायको कला संस्कृतिलाई निसीबासीले जगेर्ना गरेकामा खुशी ब्यक्त गर्दै यसको संरक्षणमा राज्यले नीति बनाएर लाग्नु पर्ने बताईन् ।

कार्यक्रममा माओवादी केन्द्रका नरेन्द्र घर्ती मगर, एमालेका लिला बुढा मगर, नयाँ शक्ती पार्टी नेपालका कुशल बुढा मगर र नेपाल मगर संघका केन्द्रिय भाषिक समितिका उपाध्यक्ष पूर्ण बहादुर घर्ति मगर लगायतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरुले मगर समुदायको संस्कृति र संस्कारको संरक्षणमा स्वयं मगर समुदायनै जागरुक हुनु पर्नेमा जोड दिदै निसीको स्थानिय भाषालाई यहाँका समुदायले पहिचानको रुपमा विकास गर्नु पर्ने भन्दै आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका पार्टी प्रतिनिधि, स्थानिय समाजसेवी, बुद्धिजिवी, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवम प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थीति रहेको थियो ।

त्यस्तै कार्यक्रमकै अवसरमा त्यहाँका स्थानिय मगर समुदायको संस्कृति र परम्परा अनुसार देवी पुजा गरी दिनभर पुतली नाँच, तरवार नाँच, होरे कपैया नाच र भालु नाँच प्रदर्सन गर्दै देवी विसर्जन गरि आफ्नो संस्कार मनाएका छन् । उक्त कार्यक्रमको सामुदायिक रेडियो परिवर्तन ९२ मेगाहर्ज बुर्तिवाङले प्रत्यक्ष प्रशारण गरेको थियो ।

क्लवका अध्यक्ष हेम प्रसाद बुढा मगरको अध्यक्षता, सचिव श्याम बुढा मगरको स्वागत मन्तब्य र सुनिल विकको सञ्चालनमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

क्लवले आयोजना गरेको भलिवल प्रतियोगिता, दोहोरीगीत प्रतियोगिता, छेलो प्रतियोगिता, आईडल डान्स प्रतियोगीता लगायतका कार्यक्रमहरु आज देखी सञ्चालन हुने आयोजकले जनाएको छ ।

तस्वीर- किरण आचार्य, ई-बागालुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *