देविस्थानको लेबाङमा होरेमेला सुरु !

कृष्ण कँडेल, बागलुङ २०७३ माघ ४ । गोर्खा ब्वाईज युवा क्लव देविस्थान–४ लेबाङले मगर समुदायको राष्ट्रिय पर्व माघे सक्रान्तिको अबसरमा आयोजना गरिएको होरे मेलाको उद्घाटन गरिएको छ ।

मेलाको वाईसिएल बागलुङका सहसचिव सागर पुन मगरले उद्घाटन गरेका हुन् ।

मेलाको अबसरमा स्थानिय मगर समुदायका बुढापाकाको समुहले मगर संस्कृतिमा आधारित होरे गीत तथा नृत्य प्रस्तुत गरेका थिए । मेलाको अबसरमा पुरुष तथा महिला भलिवल प्रतियोगिता, ४० बर्षभन्दा माथिका सहभागी हुने म्युजिकल चियर, दोहोरी गीत लगायतका कार्यक्रम आयोजना गरिएको छ । मेला माघ ५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष ललित रानाको अध्यक्षता, केयरसिंह पुनको स्वागत मन्तव्य र ओमबहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.