राप्रपा एकता महाधिवेशनको तयारी सुरु, सुन तस्करी बारे सत्यतथ्य सार्वजनिक गर्न माग !

सम्पूर्ण राजस्व नबुझाएसम्म Ncell कम्पनीलाई 4G संचालनको स्वीकृति नदिन माग !

काठमाडौ, २०७३ माघ ३ । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी एकता महाधिबेशन मूल आयोजक समिति गठन गरेको छ ।

५०१ सदस्यीय समितिमा राष्ट्रिय अध्यक्ष श्री पशुपति शम्शेर राणा, बरिष्ठ नेताहरु सर्वश्री लोकेन्द्र बहादुर चन्द, विश्वबन्धु थापा र डा. प्रकाशचन्द्र लोहनी सदस्य रहेका छन् ।

यसै गरी पार्टी केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, साँसदहरु, जनवर्गिय संगठनका केन्द्रीय सभापतिहरु, बाग्मती अंचलका पार्टीका जिल्ला अध्यक्षहरु सदस्य रहेका छन् भने समितिको सदस्य सचिवमा पार्टीका महामन्त्रीहरु टंक ढकाल र विक्रम पाण्डेलाई जिम्मा दिईएको छ ।

धुम्बाराहीमा बसेको आजको बैठकले विभिन्न ११ उपसमिति पनि गठन गरेको छ । जसअनुसार उपाध्यक्ष दिपक बोहराको संयोजकत्वमा आर्थिक समिति, उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा मंच तथा बैठकस्थल व्यवस्था समिति, उपाध्यक्ष बुद्धिमान तामाङ्गको संयोजकत्वमा आमसभा व्यवस्थापन समिति, उपाध्यक्ष हरिनारायण यादवको संयोजकत्वमा भोजन व्यवस्था समिति, उपाध्यक्ष प्रतिभा राणाको संयोजकत्वमा स्वागत समिति, महामन्त्री टंक ढकालको संयोजकत्वमा कार्यक्रम तथा व्यवस्थापन समिति, महामन्त्री धुव्रबहादुर प्रधानको संयोजकत्वमा विदेशी अतिथि स्वागत तथा व्यवस्थापन समिति, महामन्त्री राजेन्द्र लिङ्गदेनको संयोजकत्वमा प्रचार प्रसार समिति, महामन्त्री विक्रम पाण्डेको संयोजकत्वमा स्वयंसेवक समिति, महामन्त्री डा.धवलशम्शेर राणाको संयोजकत्वमा साँस्कृतिक कार्यक्रम समिति, महामन्त्री नरेन्द्र चौधरीको संयोजकत्वमा झाँकी व्यवस्था समिति गठन भएको छ ।

विगत केही समयदेखि योजनावद्ध र संगठित ढंगले सुनको तस्करी भैरहेको र त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा परिरहेको नकारात्मक असरप्रति बैठकले चिन्ता प्रकट गरेको छ र यसमा नेपाल सरकारले विस्तृत अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्नुका साथै दोषी माथि कडा कारवाही गर्न माग गरेको छ ।

यसै गरी सरकालाई तिर्नुपर्ने सम्पूर्ण राजस्व नबुझाएसम्म Ncell कम्पनीलाई 4G संचालनको स्वीकृति नदिन बैठकले माग गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.