बागलुङ-काठमाडौ यात्रा गर्ने जेष्ठ नागरिकलाई रोड वेज बसमा ५० प्रतिशत छुट !

बागलुङ २०७३ माघ ३ । बागलुङ-काठमाडौँ, काठमाडौँ-बागलुङ यात्रा गर्ने ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई धौलागिरि अञ्चल बस व्यवसायी समितिले बागलुङले ५० प्रतिशत छुट दिने भएको छ । जेष्ठ नागरिक जिल्ला संघ र धौलागिरि अञ्चल बस व्यवसायी संचालन समितिको बैठकले यो निर्णय गरको हो ।

जेष्ठ नागरिकहरुको सम्मान र सुविधाका लागि सुविधा सम्पन्न रोड वेज गाडीहरुमा बागलुङ काठमाडौका लागि छुट दिने र निकट भविष्यमा अन्य स्थानका लागि पनि छुटको व्यवस्था गर्ने निर्णय गरेको जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष काजी रोशनले बताए । हाल रोड वेज बसको एकतर्फी भाडा प्रति यात्रु रु १२ सय रहेको छ ।

सोही बस व्यवसायी समितिव्दारा सन्चालित रात्रि बसहरुमा पनि जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत छुट दिने निर्णय भएको अध्यक्ष रोशनले बताए ।

धौलागिरि अञ्चल वस व्यवसायी समितिका अध्यक्ष कुमार खड्काले समितिवाट संचालित रोड वेज टु एण्ड ट्राभल्सको शौचालय सहितको सुविधा सम्पन्न हरियो प्लेटका गाडीमा छुट दिने निर्णय भएको जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *