मल्म झिर्कामा केन्द्रिय प्रसारण लाइन, पाण्डवखानीमा सर्वे सम्पन्न !

सुेरश छन्त्याल, गल्कोट २०७३ माघ ३ । केन्द्रिय विद्युत प्रसारण लाईनमा जोडिन बाँकी रहेको मल्म गाविसको एकमात्र वडा ९ को झिर्कामा पनि आईतवार देखी केन्द्रिय प्रसारण लाईन बिस्तार भएपछी यस गाउँका २९ घरधुरीले २०६५ साल देखी प्रयोग गर्दै आएको घोप्टेखोला लघुजलविद्युत परियोजना बिस्थापित हुने भएको छ ।

मल्म गाविस र झिर्काका स्थानीयवासीको पहलमा केन्द्रिय प्रसारण लाईन विस्तार गरिएपछी स्थानीय लगानीमा निर्माण गरिएको घोप्टे खोला आयोजनाको मर्मत सम्भारमा बर्षेनी लाखौँ रुपया लाग्ने र स्थानीयबाट यसका लागि रकम उठाउन पनि समस्या भएकोले स्थानीय झिर्कावासीले केन्द्रिय प्रसारण लाईनमा जोडन पहल गरिरहेका थिए ।

त्यस्तै पाण्डबखानीमा पनि केन्द्रिय लाइनको सर्वे काम सम्पन्न भएको छ । पाण्डबखानीको ३ र ४ मा तार तानी सकिएको र अब छिट्टै तल्लो भेगमा रहेको सुनपानी, गैराभाटी,काप्रे र मुवा सम्मको सर्वे गर्ने केन्द्रिय लाइनको सर्वे गरिने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.