रोड टु मोडलका विजेता फिलिपिन्स जान पाउने : फर्म खुल्ला !

काठमाडौं, २०७३ माघ २ । सौन्दर्य प्रतियोगीताहरुको भीडमा एक फरक सोच र उद्देश्यका साथ युवायुवतीको प्रतिभा उजागर गर्नका लागि ‘रोड टु मोडल’ २०१७ हुने भएको छ । यो प्रतियोगिता मोडलिङ क्षेत्रमा नै फरक हुने आयोजक संस्थाको दावी छ ।

सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको आयोजनामा हुने यस प्रतियोगीताका विजेताले नेपलको प्रतिनिधित्व गर्दै फिलिपिन्स जाने पाउने छन् । प्रतियोगिताको आधिकारिक पोष्टर सार्वजनिक गर्दै आयोजक संस्थाले अडिसन फर्म खुल्ला भएको जनाएको छ ।

यस प्रतियोगीताको अडिसन उपत्यका बाहिरका शहरहरु चितवन, हेटौडा, पोखरा र विराटनगर लगायतको ठाउँमा हुने छ । यसबाट उपत्यका बाहिरका प्रतिभाहरुले यस प्रतियोगितामा सहज रुपमा भाग लिन पाउने छन् । यो नेपालकै पहिलो एडभेन्चरस सौन्दर्य प्रतियोगिता हो ।

रोड टु मोडलका प्रतिस्पर्धीहरुलाई सञ्चार, एमसी, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षा साथै अन्य विभिन्न विषयमा प्रशिक्षण दिइने छ । यस प्रतियोगितामा भाग लिनका लागि आयोजक संस्था सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको कार्यलय तिनकुने ०१–६९२४१२३ नम्बरमा सम्पर्क राख्न सकिने छ भने रोड टु मोडलको आधिकारिक फेसबुकमा सम्पर्क गर्न सकिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *