Sorry, that menu does not exist.
 

बडीगाड गाउँकार्यपालिकाको वैठक चल्दै ३ नियमावली पारित, ६ वटा उपसमिति गठन

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७४ असार २२ । बडिगाड गाउँ कार्यपालिकाको तेश्रो वैठक सम्पन्न भएको छ भने चौथो वैठक चलिरहेको छ। शुक्रवार सम्म चल्ने वैठकले आगामी आर्थिक वर्षको निति, कार्यक्रम, वजेट निर्माण गर्ने वताइएको छ।

बुधवारवाट सुरु भएको वैठकले गाउँपालिका संचालनको लागी तिन ओटा नियमावली निर्माण गरेको छ। जसअन्तर्गत गाउँपालिका कार्यसम्पादन नियमावली, गाउँपालिकाको कार्यविभाजन नियामावली, निर्णय वा आदेश र अधिकार पत्र प्रमाणीकरण नियमावली लाई वैठकले पारित गरेको हो। त्यस्तै वैठकले विभिन्न उपसमितिहरुको पनि गठन गरेको छ ।

वडा नं. ४ का अध्यक्ष प्रेम गलामीको संयोजकत्वमा सार्वजनिक सेवा तथा क्षमताविकास समिति गठन गरेको छ, जसको सदस्यहरुमा कविराज सुनार, हिमा खरेल, कृष्ण खत्रि रहेका छन् । त्यस्तै वडा नं. १ का वडा अध्यक्ष वोम वहादुर थापाको संयोजकत्वमा गठित आर्थिक विकास समितिको सदस्यहरुमा केदार नेपाली, मौसम केसी, सोमन्ता सलामी रहेका छन् । त्यस्तै वडा नं. ३ का संयोजक खड्क पुनको संयोजकत्वमा गठित सामाजिक विकास समितिको सदस्यहरुमा तारा वहादुर वुढा, जमुना विक, र चुरा वहादुर पुन रहेका छन् । त्यस्तै गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं. २ का अध्यक्ष विष्णु प्रसाद भुसालको संयोजकत्वमा गठित पूर्वाधार विकास समितिको सदस्यहरुमा कृष्ण गुरुङ, याम वहादुर श्रीस, र केशमाया छन्त्याल रहेका छन् । त्यस्तै मिन कुमारी माझिको संयोजकत्वमा वातावरण तथा विपद व्यावस्थापन समितिको गठन गरेको छ। जसको सदस्यहरुमा सुर्य वहादुर अधिकारी, गोम वहादुर राना, र पवित्रा वि.क. रहेका छन् ।

वडा नं. ५ का अध्यक्ष अर्जुन प्रसाद खरेलको संयोजकत्वमा गठित विधेक समितिको सदस्यहरुमा अनिता विक, दान वहादुर पुन, वीरेन्द्र वुढा रहेको प्रवक्ता विष्णु भुसालले जानकारी दिए ।

कार्यक्रममा पालिकाका नायवसुब्बा थम्मन रेश्मीले सहजिकरण गर्नुभएको थियो। वैठक गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता तथा कार्यकारी प्रमुख दुर्गा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply