घनश्याम गौतम, गल्कोट २०७४ असार २२ । गलकोट नगरपालिकाले गाउँ तथा बस्ती स्तरका योजना तथा सुझाब संकलन लाई तिब्रता दिएको छ । गलकोट नगरपालीकाले ११ ओटा बाडका हरेक बस्ती बस्ती तथा टोलमा भएका साना देखी ठुला योजना तथा दैनिक जीवनमा जोडिएका बिषय र बिकासका कार्यको बारेमा सुझाब संकलन लाई तिब्रता दिएको हो ।
आर्थिक बर्ष २०७४÷०७५को लागी गलकोट नगरपालिकाको निति तथा कार्यक्रम तर्जुमाको चरणमा गलकोट नगरपालीका जुटेको नगरपालीकाका कार्यकारी अधिकृत प्रदिप चन्द सुबेदीले जनाकारीए ।े सो नीति तथा कार्यक्रम अन्तरगर्त टोलटोलका योजनालाई प्राथमिकीरण गर्नकोलागी नगरपालिका लागी परेको उनको भनाई थियो । सुबेदीका अनुसार गलकोटमा कार्यक्षेत्र बनाएर काम गरिरहेका बिषयगत कार्यालयहरु सरकारी संघ सस्थाहरु तथा गैरसरकारी र सामुदायिक सस्थाहरुलाई आगामी आर्थिक बर्षमा संचालन गर्ने कार्यक्रमहरु असार २६ गते भित्र गलकोट नगरकार्यपालीकामा उपलब्ध गराउन समय दिइएको छ ।
त्यस्तै समृद्ध गलकोट निर्माणको लागी बिभिन्न सस्था तथा सरोकारबाला संग भएका नितिगत प्रस्ताब तथा सुझाबहरुपनि असार २६ गते भित्र नै उपलब्ध गराउन गलकोट नगरपालिकाले आग्रह गरेको छ ।