क्रान्तिकारीका नेता दिवशको टिप्पणी: उपल्लो गल्कोट क्षेत्रको भोटको मुल्य ४ लाख !

खगेन्द्र विश्वकर्मा गल्कोट २०७३ माघ २ । माघे संक्रान्ति मेला व्यवस्थापन समिति हिल पधेरा खोलाको १२ औँ वार्षिकोत्सबको अवसरमा आयोजित मुल समारोहमा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष दिवश खत्री ‘पदम’ले उपल्लो गल्कोट क्षेत्रमा काग्रेसले ३ लाख र एमालेले १ लाख संसद तथा क्षेत्र विकास कोषबाट बजेट विनियोजन गरेकोले कांग्रेसलाई दिएको भोटको मूल्य ३ लाख र एमालेलाई दिएको भोटको मुल्य १ लाख भएको टिप्पणी गरेका छन् ।

उनले नेकपा माओवादी केन्द्रको तर्फबाट संसद विकास कोष र क्षेत्र विकास वजेट तारा,अर्गल, हिल ,अमरभुमिलाई विनियोजन गरेको बताउदै माओवादी केन्द्रले विकासको क्षेत्रमा पहलगदै विभिन्न गाविसहरुमा भवन, खानेपानी सडक मर्मत क्षेत्रमा खर्च गरेको बताए ।

कार्यक्रममा खेलकुद विकास हिलका अध्यक्ष हेमन्त घिमिरे, बल बहादुर पुन लगायतले बोलेका थिए ।

चार दिन सम्म जारी रहको मेलामा खगेन्द्र विश्वकर्मा , पुजा परियार , सागर पुन ईश्वर विश्वकर्मा ,तनमति रोकाले सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रम मेलाका अध्यक्ष निरज बगालेको अध्यक्षता सचिव दल बुढाथोकीको स्वागत र झम पुनको संचनलनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *