सक्न्यारमा माघे सक्रान्ति मेला सुरु !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७३ माघ १ । जनचेतना युवा क्लव दगातुन्डाडा- ९ सक्न्यारको १८ औं वार्षिकोत्सव तथा माघेसक्रान्ति मेला आज देखि सुरु भएको छ। वयोवृद्ध गंगाराम सलामीले उद्घाटन गरेर्को कार्यक्रम चार दिन सम्म चल्ने आयोजकले जनाएको छ।

आज भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले बागलुङका उपसचिव विष्णु भुसालले युवाहरुलाई सामाजिक सचेतनाको अभियानको नेतृत्व गर्न आह्वान गरेका थिए । भुसालले सामाजिक साँस्कृतिक रुपान्तरण विना सम्वृद्ध नेपालको परिकल्पना गर्न नसकिने भन्दै सवै युवालाई मौलिकताको संरक्षण गर्दै सामाजिक रुपान्तरणको अभियानमा लाग्न अनुरोध गरे ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अनिल गिरि, सरकारी कार्यालयका तर्फवाट पशुसेवा कार्यालय खर्वाङका प्रमुख महेन्द्र राज पन्थी, दिदि वहिनि महिला सहकारी संस्थाका अध्यक्ष शान्ति अधिकारी, छिमेकि गाविस रिघाको तर्फवाट आदिवासी जनजाति महासंघका सल्लाहकार संयोजक डम्वर श्रीस, आयोजकको तर्फवाट मेला संयोजक ढालेन्द्र शेरचन, पूर्व वडा अध्यक्ष वेल वहादुर सलामी, समाजसेवी धन वहादुर श्रीस, लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा क्लवको तर्फवाट पञ्चैवाजा सहित विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम क्लवका अध्यक्ष प्रेम पुनको अध्यक्षता, सदस्य राज श्रीसको स्वागत मन्तव्य तथा सचिव मनु थापाको संचालनमा सम्पन्न भएको थियो। मेलामा सञ्चालन हुने खुल्ला पुरुष भलिवल प्रतियोगिताको लागी २२ समुहको सहभागिता रहेको आयोजकले जनाएको छ। सो मेलामा रेकर्ड नृत्य प्रतियोगीता, लोकगित प्रतियोगिता, घैंटोफोड प्रतियोगीता, सटफुट प्रतियोगीता, सहित राष्ट्रिय कलाकारहरुको समेत सहभागिता रहने मेला संयोजक ढालेन्द्र शेरचनले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.