Sorry, that menu does not exist.
 

पहिरोले घर बगाउँदा पर्वतको महाशिलामा एकै परिवारका तीनको मृत्यु

धान रोपेर फर्कदै गर्दा चिन्ने खोलाले बगाएर गोपी सुनारको मृत्यु

माधव पराजुली, पर्वत २०७४ असार १८ । पहिरोले घर बगाउँदा पर्वतको महाशिला गाउँपालिका–१ मा एकै परिवारका तीन जनाको ज्यान गएको छ । शनिवार राती गएको पहिरोले महाशिला गाउँपालिका–१ का ६३ बर्षिय तीर्थबहादुर मल्लको घर बगाएको हो । घर बगाउँदा मल्ल सहित उहाकी ८० बर्षिया आमा बेलकुमारी मल्ल र उहाकी श्रीमती ५५ बर्षिया यम कुमारी मल्लको घटना स्थलमा नै ज्यान गएको हो । घरमाथिबाट आएको पहिरोले घर र गोठ बगाएको थियो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी निरीक्षकको नेतृत्वमा उद्दार टोली खटिई स्थानीयबासीको सहयोगमा पुरिएका सवै सवलाई निकालिएको थियो ।

यसैवीच खेत रोपेर फर्किने क्रममा चिन्ने खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । गएराती परेको बर्षाका कारण खोलामा आएको बाढीले कुनपा–९ पर्वतका गोपी विकको मृत्यु भएको स्थानीयले बताएका छन् । चिन्नेखोलाको सिस्ने मुलबाट बगाउँदा उनको मृत्यु भएको स्थानीयवासी सुरेस पिसीले जानकारी दिए । चपाईफाँटमा खेत रोपेर फर्किएका विकको शनिवार साँझ खोलाले बगाएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । फलेवास दोविल्ला सडकको चिन्नेखोलाबाट बगेका उनको शव १५० मिटर तल खोलाको किनारमा भेटिएको छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वत ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply