Sorry, that menu does not exist.
 

कुस्मीसेरामा जनजाति सशक्तिकरण तालिम सम्पन्न

विजय राना, बागलुङ कुस्मीसेरा २०७४ असार १७ । बागलुङको जैमिनी नगर पालिका वडा न. १ कुश्मिसेरामा शनिवार तारा थापाको अध्यक्षतामा १३ सदस्यीय वडा स्तरीय जनजाति समन्वय समिति पुर्नगठन गरिएको छ ।

कुश्मिसेरामा सञ्चालित २ दिने जनजाति सशक्तिकरण तालिम समापनको दिन भेला गरि समन्वय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा चेतबहादुर थापा, सचिवमा ठगेन्द्र थापा, कोषाध्यक्षमा माया थापा रहेका छन् ।

सदस्यहरुमा टिकाराम थापा, टिका थापा, दिलिप थापा, धनबहादुर थापा, दिपक थापा, बलबहादुर थापा, धनमाया थापा, दिपेन राई, गंगा थापा रहेका छन् ।

जनजाति सञ्जाल जैमिनी नगरपालिका वडा १ कुश्मिसेराको आयोजनामा सञ्चालित सशक्तिकरण तालिममा बौद्ध सेवा समाजका उपाध्यक्ष टेकबहदुर पुन र विश्वभाषा विद्यालयका प्रोफेसर झोकेन्द्र थापा मगरले सहजिकरण गरेका थिए

टिका थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दिलिप बुढामगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply