रेडियो सारथीको छैठौँ वार्षिकोत्सव सम्पन्न : सूचना प्रवाहमा अग्रणी भूमिका !

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७३ माघ १ ।नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष खिल वहादुर भण्डारीले ग्रामिण क्षेत्रमा रहेर पनि सुचना प्रवाहमा रेडियो सारथीले अग्रणी भुमिका खेलेको वताएका छन् ।

रेडियो सारथी खर्वाङ बागलुङको छैठौं वार्षिकोत्वको अवसरमा शुभकामना दिँदै भण्डारीले ग्रामिण क्षेत्रका रेडियोहरु बचाउन राज्यनै जिम्मेवार हुनु पर्ने वताए ।
नेपाल व्रोडकाष्टिङ एसोसियसन अफ नेपाल वानका अध्यक्ष गोपाल झाँले मोफसलका रेडियोहरु निरन्तर चेतना जगाउने सारथी वनिरहेको तर राज्यले सहि पहिचान गर्न नसकेको वताए । यसैगरी संचार सहकारी संघका केन्द्रिय उपाध्यक्ष मना केसी, तथा बागलुङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले सामाजिक सभ्यताको परिचय सञ्चार माध्यम भएको बताए ।

स्थानिय विकास अधिकारी राम प्रसाद शर्माले स्थानिय निकायहरुले सञ्चार माध्यमलाई सहयोग गर्नुपर्ने वताए ।

रेडियोको वार्षिकोत्सवको अवसरमा नेपाली काग्रेस बागलुङका अध्यक्ष दिपेन्द्र थापा, नेकपा एमाले बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजिव घिमिरे, नेकपा माओवादीका धौलागिरि व्यूरो अनन्त शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल संयोजक हरिनारायण गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेश राजभण्डारी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल, प्रेस चौतारिका केन्द्रिय सचिव रामकृष्ण शर्मा, रेडियो परिवर्तनका स्टेसन म्यानेजर राम सुवेदी, लगाएतले शुभकामना व्यक्त गरेका छन् ।

त्यस्तै रेडियो सारथीको परिषरमा आयोजित शुभकामना विशेष कार्यक्रममा एकिकृत सेवा केन्द्र बुर्तिवाङका प्रमुख जनक थापाले राज्यलाई सहिवाटोमा डोर्याउन रेडियो तथा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने वताउदै बागलुङ पश्चिममै पहिलो पटक रेडियो खोल्ने साहस आफैमा चुनौतिपूर्ण रहेको भन्दै आज आईपुग्दा धेरै अगाडि वढिसकेको वताए । कार्यक्रममा नेपाली काग्रेसका रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका डम्वर श्रीस, राष्ट्रिय जनमोर्चाका धन वहादुर वुढा, रेडियो पुस्पाञ्जलीका कार्यकारी प्रमुख कौरव खत्रि, पशुसेवा केन्द्र खर्वाङका महेन्द्रराज पन्थी, रेडियो संचालक समितिका शान्ति अधिकारी, जितेन्द्र रायमाझि, हिरा वहादुर केसि लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रम रेडियो सारथीका अध्यक्ष एवं स्टेसन म्यानेजर विष्णु भुसालको अध्यक्षता, संचालक समिति सदस्य तथा कार्यक्रम प्रमुख कृष्ण पोखरेलको स्वागत मन्तव्य र संचालक समितिका सहसचिव एवं समचार प्रमुख कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

२०६६ सालमा दिनेश वलामीले निर्माण गरेको ट्रन्सफर्मरवाट खर्वाङमा रेडियोको सुरुवात भएको थियो भने २०६७ माघ १ गते “शान्ति, सम्बृद्धि, र समुन्नत समाजको लागी रेडियो सारथी” भन्ने नारा सहित रेडियोको प्रसारण आरम्भ भएको थियो । बागलुङको पश्चिममा पहिलो रेडियोको रुपमा स्थापित भएको रेडियो यो वर्ष “संस्थागत शिक्षा पत्रकारीता पुरस्कार २०७२ ” वाट सम्मानित भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.