माघी पर्वमा रमाउदै पश्चिम निसीभूजी क्षेत्रका जनजाति समुदाय !

कुम्बिर विश्वकर्मा, बुर्तिवाङ २०७३ माघ १ । बागलुङ जिल्लाको निसीभूजी क्षेत्रका मगर, छन्त्याल लगायत जनजाति बाहुल्यता भएका गाविसहरुमा आज माघे सक्रान्ति अर्थात माघी पर्व धुमधाम संग परम्परागत रुपले मनाईँदै छ । बिहानै उठेर विधि पुर्बक नुहाएर चेलीबेटीहरुलाइ दान दक्षिणा गरि माघी पर्व मनाउने मगरहरु को प्रचलन रहेको छ ।

स्थानीयबासीहरु ‘काफै’,’होरे’ खेलेर रमाउने र परम्परागत भेषभुषा ,पहिचान सहित पुतली नाँच ,झाकी नाच, काफै नाच सहित माघी पर्व मनाइदै छ।
बिशेष गरि तरुल ,सखरखण्ड,फर्सी,खिर,,जस्ता मिष्ठान्न खाद्यबस्तु खाएर मनाउने गर्दछन ।

निसीमा माघी पर्वलाई थप आकर्षित र ब्यबस्थित बनाउन ‘तिलाचन युबा क्लब’निसीले विविध कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा क्लबस्तरीय पुरुष भलिबल ,महिला भलिबल ,दोहोरी गीत,पुरुष ठेलो,महिला ठेलो,आइडल डान्स प्रतियोगिता आयोजना गरेको छ । उक्त कार्यक्रम माघ ३ गते संसद ज्ञान कुमारी छन्त्याल द्दारा उत्घाटन हुने क्लबका अध्यक्ष हेम बहादुर बुढा मगरले इैबागलुङलाई बताए ।

आदिवासी जनजातिको बाहुल्यता रहेको निसी, बोहोरागाउँ, देविस्थान, खुँखानी, बोँगादोभान, तमान, खुँगा आदि गाविसहरुमा माघी पर्व भव्यरुपमा मनाईन्छ ।

बागलुङ जिल्लाको पश्चित केन्द्रविन्दु रहेका बुर्तिवाङ बजारमा मगर समुदायले बिहान देखी यो समाचार लेख्दासम्म विभिन्न साँस्कृतिक कार्यक्रमहरु गरी मनाईरहेका छन् ।

प्रस्तुत छ, बुर्तिवाङमा मगर समुदायले माघी पर्वमा आयोजना गरेको कार्यक्रमका तस्वीरहरु । तस्वीर-सुवास पन्त ।






फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.