-->
घरपाना » ताजा-खबर, समाचार/बिबिध » बागलुङको दर्लिङमा लाग्ने ऐतिहासिक ‘गंगारे मेला’ एक चर्चा !

बागलुङको दर्लिङमा लाग्ने ऐतिहासिक ‘गंगारे मेला’ एक चर्चा !

Submitted by on June 11, 2016 – 4:39 pmNo Comment

dn (2)प्रेम सुनार बागलुङ, २०७३ जेठ २९ । बागलुङ जिल्लाको ऐतिहासिक गंगारे मेला हालै सम्पन्न भएको छ । हरेक वर्षको जेठ २० गते देखि सुरु हुने गंगारे मेलाको सुरुको नाम नै जेठ बिस मेला रहेको थियो । त्यस दिन देखि सुरु हुने मेलाको उद्घाटन भने जेठ २१ गते दर्लिङका नेपाल तरुण दल नेता भरत केसीले गरेका थिए ।

एक साता भन्दा बढी गंगारे मेलाको भव्य चहल पहलका क्रममा चर्चित राष्ट्रिय लोक गायक तथा मोडल पुष्कल शर्मा र सन्तु थापा सहित स्थानिय कलाकारहरुले धुम मच्चाएका थिए । डम्फु मादल घन्काएर दोहरी गीत गाउनु, दोहरीमा हार जितको सवाललाई वल्लो गाउँ , पल्लो गाउँ, साईलो र साईली विचमा प्रतिष्ठाको विषय बनाईनु त्यस गंगारे मेलाको ऐतिहासिक पक्ष थियो । जुन अहिले पनि देखियो ।

पहिला पहिला ठुलो लाडाई हुने गर्दथ्यो । तर अहिले शौहार्दपुर्ण वातवरणमा मेला सम्पन्न हुनु शिक्षा र चेतनाले प्युठान र गुल्मीको सिमानामा रहेको दर्लिङ गाविसको वडा नम्वर १ , २ र ३ मा केहि वाहुन क्षेत्री रहे पनि अन्य ६ वटै वडामा जनजाती र दलित वाहेक क्षेत्री वाहुन एक घर पनि छैनन् । ल्याएको परिवर्तन हो भनेर बुझ्न सकिन्थ्यो ।

बागलुङ को सदरमुकाम देखि मोटरमा झण्डै दुई दिन लाग्ने उत्तर, दक्षिण हुल दङ्गाका लागि पहिले देखि नै निकै कहलाएको गाउँ दर्लिङमा केहि महिना अघि यो समाचारदाता पहिलो पटक पुग्दा त्यहाँका केहि युवाले भने तपाई एक्लै यस दर्लिङमा छिर्ने हिम्मत कसरी गर्नु भयो ? पछि मैले आफनो परिचय दिएपछि हार्दिकता पुुर्वक स्वागत गरिएको थियो । त्यसै ठाउँमा लागेको गंगारे मेलामा अहिले एक देखि अर्को स्थानका मानिसहरु विच शिष्टतापुर्वक परिचय आदन प्रदान भएको देख्दा निकै खुशी लाग्यो ।

मेलामा आयोजित पुरुष तर्फको भलिवल खेलमा यसपाली राजकुत गाविसको एक छत्रराज अर्थात विजयको ईतिहासलाई तोड्दै हर्पेका खेलाडीहरु पहिलो पटक प्रथम भए । उनिहरुले प्रथम नगद पुरस्कार ४५ हजार हाता पार्न सफल भए भने राजकुतका खेलाडीहरुले ३० हजारमैं चित्त बुझाउनु प-यो ।

त्यस्तै महिला भलिवल तर्फ घरेलु टिम दर्लिङको एकक्षत्र राजलाई हुल्दी गाविसका महिला खेलाडीहरुले पहिलो पटक तोडेर प्रथम नगद पुरस्कार १५ हजार हाता पार्न सफल भ भने घरेलु टिम दर्लिङले १० हजार मैं चित्त बुझाउनु प¥यो । पहिला पहिला वोवाङ भन्दा वोहरागाउँ के कम लगायतका गाउँवासी विच लडालड् हुने, एक गाउँकाले अर्को गाउँकालाई कुटेर गम्भीर घाईते गराउने रक्तपात पुर्ण प्रतिष्पर्धा चल्ने त्यस मेलामा पछिल्लाो चरण त्यस्ता मैत्रीपुर्ण खेल र सांस्कृतिक कार्यक्रमको प्रतियोगिता चलेको देखियो ।

तिन वटै अञ्चलको शिर मानिने मदाने लेकको काँखमा अवस्थीत दर्लिङ गाविसको गत जेठ बिस मेला परापुर्वकालमा माथी वलदेवको टाकुरा भन्ने स्थानमा लाग्ने गरेको बुढापाकाहरु बताउँछन् । परापुर्व कालमा वर्ष भरीलाई दाउरा पुराउने गरी वन फँडानीका क्रममा एक वर्षको जेठ २० गते दाउरा फाँडेर सकियो ।

त्यस दिन सवै जम्मा भएर छलफल गरी आराम गरौं, ल्याएको खाजा नास्ता संगै वसेर खाउँ, रमाईलो गरौं भनेर सुरु भएको त्यस मेला पछि तल गंगारेमा सरेपछि जेठ बिस मेला पछि गएर गंगारे मेलाका रुपमा बढि चर्चामा रहन भएको बुढापाकाहरुले बताए ।

त्यस दर्लिङको अर्को प्रशिद्ध थलो हो देउराली , त्यसै देउराली संगै रहेको छ गंगारे । जहाँबाट गुल्मीको ह्वाङ्घदी र अर्खवाङ्घ हुँदै सदरमुकाम तम्घास जाने मोटरबाटो सुविधा छ । तर आफनो सदरमुकाम जाने मोटरबाटो नहुँदा तिन चार घण्टाको ओरालो बाटो हिडेन तल भिमगिठेबाट गाडी चढन् बाध्य छन् त्यहाँका जनता ।

यदि बागलुङबाट सिधै त्यहाँ सम्म पुग्ने मोटरबाटो सुविधा भई दिएको भए र सञ्चार माध्यमको पहुँच समेत पुराउन सकिने भए त्यस मेलामा पोखरा , काठमाडौं सम्मका मानिसहरु अवस्य जाने थिए भन्ने त्यस मेलाको रमझम र वाख्लो उपस्थितले देखायो । दैनिक कम्तीमा १० हजार भन्दा बढिको त्यस मेलामा सहभागिता देखियो ।

रोप्दै नरोपी प्रत्येकका वारीमा मुरीका मुरी फल्ने आलुका पराम्परागत परिकार,
सखरखण्ड, विराम्ला, वटुक संगै ग्यालेनका ग्यालेन कोदाको रक्सी खाँदै राता राउँदा भएका बुढा बुढीहरु पनि यानीमाया त कसैले सुनिमायाँ गीत गाएर रंगरस गरेको देखियो ।

वुढापाकाहरुले अझै पनि राडीपाखी भिरेको देखियो । गजा भिरेका , कसैले स्टकोट र तल सेतो धोती लगाएका पुरुष अनि, ओठै छुने गरी लगाईएको झुम्की वुलाकी , काँडेफुली, ढुंग्री , चारानी आठनीको हारी, त्यो संगै मुगाको माला, नाडीमा रैयाँको बाला लगायएका पाका महिलाहरुलाई देख्दा दुइृ दशक अघि सम्मको पश्चिम नेपालको झल्को आउँथ्यो ।

उनिहरुको छेउमा रहेका युवा पिढिलाई हेर्दां पोखरा , काठमाण्डौ देखि वाहिरी विकासित मुलकका नागरिकहरु त होईनन भनेर बुढापाकाहरु झुक्कीनु पर्ने फेशन देखिन्थ्यो । गंगारे मेलाको जति चर्चा गरे पनि कम हुँछ । महिनौं लागोस् त्यो मेला मात्र नभई महामेला र तिन अञ्चलकै ठुलो महोत्सव हो भनेर बुझ्न सकिन्छ । मेलाको सांसद ज्ञानकुमारी छन्त्यालले समापन गरिन् ।

मेलालाई सभ्य र भव्य पार्न अयोजक संस्था युथ युनिटी क्लव दर्लिङ ७ का अध्यक्ष मदन बुढामगर, कार्यक्रम संयोजक जीवन बुढा, साल्लाहकरहरु ढालबहादुर बुढा, बलिश्वर बुढा, कृष्ण केसी , प्रकाश कुँवर , पशिचमाञ्चल क्षेत्रिय रेफ्रीहरु हिरा पुन र किशोर केसी लगायतको निकै ठुलो मेहनत रहेको पाईयो ।

हातहाली विवाह पछि गीतहारी विवाह, अहिले जातहाली विवाह

dn (3)बागलुङको ऐतिहासिक तथा वहुचर्चित जेठ २० गंगारे मेलाको अर्को परम्परागतरोचक पक्ष भनेको केटीलाई केटाले लडेर हराउन सके श्रीमती बनाएर लैजाने चलन हो । बागलुङका पुराना पत्रकार तथा धौलाश्री अनलाईनका प्रधान सम्पादक विदुर खड््का भन्छन् त्यस्तो विवाहलाई हात हाली विवाह भनिन्थ्यो ।

त्यो संगै सुरु भएको वागलुङको जनजाती वस्तीको विवाह प्रचलनले अर्को नयाँ प्रचलन सुरु भयो । त्यो थियो राम रमितामा वा कसैका गोठ ओढारमा बसेर दोहरी गीत गाउने र केटाले केटीलाई हराउन सके श्रीमति बनाएर लैजाने गरिन्थ्यो । जसलाई गीत हारी विवाह भनिन्थ्यो । तर अहिले त्यो हाराएको पाईयो यस वर्षको गंगारे मेलामा केहि जोडीहरुको प्रेम विवाह देखरे ।

न त्यहाँ तानातान विवाह देखियो न त दोहरी हानाहान विवाह देखियो । त्यहाँ झण्डै एक दर्जन प्रेमी , प्रेमीका विचमा जानाजान विवाह देखियो । ती जोडीहरु मध्ये कोही कथित उपल्लो जातीका थिए र कोही कथित तल्लो जातीका थिए । उनिहरु भोलीको चुनौतीलाई राम्ररी बुझेरै त्यसलाई सामना गर्ने हिम्मतका साथ त्यस मेलाबाट प्रेम विवाह गरेर दाम्पत्य जीवनको सुरुवात गरे । नाम नलिने सर्तमा मगर थरकी एक युवतीले भनिन् म बिक थरको केटा संग विवाह गरेर हिडे , यो थाह पाउने हो भने बाउ आमाले खोसेर लैजाने भएकोले भागेर अन्यत्रै आएर बसेका छौं ।

उनिहरु सहित साता व्यापी लागेको त्यस जेठ बिस गंगारे मेलाभर एक दर्जन भन्दा बढि जोडीहरुले प्रेम विवाह गरेको र सयौंको सख्यामा युवा युवती विच नयाँ सम्वन्ध सुरुवात गरेको स्थानियले बताए । स्थानियवासी समेत रहेका उक्त मेलामा आयोजित भलिवल खेललाई संयोजन गरेका पश्चिमाञ्चल क्षेत्रिय रेफ्रि हिरा पुन भन्छन्,फलानो फलानी प्रेम विवाह गरेर हिडे भनेर त नाम टिपिएन तर मोटामाटी अनुमान गर्दा एक दजर्न बढिले विवाह गरे होलान् ।

उनले विगतको कुरा सुनाउँदै भने ओहो पहिला त कुरा नगरौं , त्यस वेलामा जुन केटालाई जुन केटी मन प¥यो । च्याप्प समात्यो , लडामती ग¥यो अनि केटाले जवरजस्ती तानेर लैजान सक्यो कि श्रीमती बनाएरै छाड्यो तर अहिले त्यस्तो हुँदैन लभ म्यारिज गरेर हिड्छन् ।

स्थानिय बुढापाका दम्पत्तीहरु संग तपाईहरुको कहाँ कसरी विवाह भएको हो भनेर सोद्धा प्राय सवैको जवाफ एउटै हुँन्छ कसरी हुनु यहि जेठ २० गंगारे मेलामा लडालड् गरेर । अनि कोही हाँस्दै भन्छन् यानीमायाँ र सुनिमायाँ गीत गाएर आएका हौं ।

बुढापाकाहरु अहिलेको प्रेम विवाहलाई जातफाली र वाउ आमाको नाक फाली विवाहको संज्ञा दिन्छन् । न जात मिल्न पर्ने न वाउ आमालाई सोधानी खोजानी गर्न पर्ने । यसो केटा केटी विच मन मिल्यो की भागरे हिड्ने अहिलेका केटा केटीले धेरै जसो वाउ आमा र आफन्तको नाक फाल्ने गरेको बुढापाकाहरुको भनाई केहि हद सम्म सहि पनि देखिन्छ ।

तीन वटा अञ्चल धौलागिरी, राप्ती र लुम्विनीको संगम स्थल रहेको जेठ २० गंगारे मेलामा तिन अञ्चल भित्रका छिमेकी जिल्ला गुल्मी बागलुङ र प्युठान विचका युवा युवतीहरु विच लगन गाँठो बाध्ने गंगारे मेलाको अर्को ऐतिहासिक पक्ष भएको मेला आयोजक समितिका अध्यक्ष मदन बुढा मगरले बताए ।

प्रेम सुनार
गुल्मी


हाम्रो फेसबुकट्वीटर पेज मार्फत् समाचार पाउनुहोस ।

प्रतिक्रिया छ कि ?

Leave a comment!

Comments:

प्रमुख-समाचार »



dhaulashree ebaglung