-->
घरपाना » ताजा-खबर, थप समाचार, समाचार/बिबिध » शिवशरण सरको बकपत्रले उब्जाएका केहि गम्भीर प्रश्नहरु…

शिवशरण सरको बकपत्रले उब्जाएका केहि गम्भीर प्रश्नहरु…

Submitted by on September 18, 2015 – 7:23 pmNo Comment

Smarikaबागलुङ सदरमुकाम स्थित धवलागिरीको एकमात्र आँगिक पहिले महेन्द्र र हाल धवलागिरी बहुमुखी क्याम्पसले दुई वर्ष पहिले आफनो स्वर्ण महोत्सव मनायो । यसै स्वर्ण महोत्सवका अवसरमा क्याम्पसले स्वर्ण महोत्सव स्मारिका २०७० समेत प्रकाशित ग-यो । स्वाभाविकरुपमा स्वर्ण महोत्सव स्मारिका क्याम्पसको स्थापनाकाल देखी स्मारिका प्रकाशन समय सम्मका क्याम्पस सम्वन्धी सत्यतथ्य विवरण राम्ररी केलाएर सबैलाई कालान्तरसम्म आवश्यक जानकारी पुग्ने गरी निकालिएको खोजपूर्ण संग्रह हो ।

स्मारिका ऐतिहासिक दस्तावेज हो र यस्ले तत्संवन्धमा विस्तृत जानकारी दिएको हुन्छ त्यसकारण यसलाई धेरैले संग्रहनीय बस्तु (पुस्तिका) को रुपमा आआफना संग्रहमा राखेका हुन्छन् । स्वर्ण महोत्सव स्मारिका २०७० लाई यस हरफकारले पनि संग्रहनीय दस्ताबेजको रुपमा सजाएको छ ।

स्वर्ण महोत्सवका अवसरमा क्याम्पसबाट प्रकाशित “स्वर्ण महोत्सव स्मारिका- २०७०” प्रकाशन गर्न झण्डै दुई दर्जन सरहरुको परिश्रम परेको छ । क्याम्पस प्रमुख आनन्दराज सिलवाल सहित ७ जना सल्लाहाकार, सह प्राध्यापक डा दीन बहादुर थापा प्रधान सम्पादक, तीन जना सम्पादक, ८ जना सम्पादन सहयोगी र ३ जना भाषा सम्पादन सहयोगी सहित २२ जना सरहरुको सह्रानीय परिश्रमबाट निस्केको यो “स्मारिका” पठनीय, संग्रहनीय एवं विश्वसनीय ग्रन्थ हो भन्नु अत्युक्ति नहोला ।

पाठकहरु समक्ष निवेदन गरौँ, यो लेख जुन पाठकहरुको नजरमा छ, त्यस्को तात्पर्य स्वर्ण महोत्सव स्मारिकाका अवगुणहरु केलाउन होईन, न त स्मारिकाको गहनतालाई अवमूल्यन गर्न नै हो । ‘दुई दर्जन सरहरुको परिश्रमबाट प्रकाशित गहनतम ग्रन्थका बारेमा भारेभूरे लेखन्दासले टिप्पणी ?’ यत्रो दुस्साहस गर्ने त प्रश्नै आउँदैन ।

sibasaran
“क्याम्पस मेरो विश्वविद्यालय”का लेखक शिवशरण ज्ञवाली ।

तर,
मनमा लागेको खुलदुली (प्यास लागेको अवस्थामा पानी खोजिए जस्तै) मेट्न केहि प्रशंगहरु कोट्याउनु अन्यथा नसंझिएला भन्ने विश्वासका साथ क्याम्पस प्रशासन, स्मारिका प्रकाशन समति, सल्लाहकार, प्रधानसम्पादक तथा सम्पादन सहयोगीहरुका सामु “क्याम्पस मेरो विश्वविद्यालय” शिर्षकको शिवशरण ज्ञवाली सरको लेखको पेटबोलिमा परेका हरफहरु (बकपत्र)का बारेमा केवल जिज्ञासा मेट्ने हिसावले थोरै चर्चा सम्म गर्न खोजिएको हो । पाठकहरु समक्ष माथि नै निवेदन गरिसकेको छु, ‘स्वर्ण महोत्सव स्मारिका २०७२’ एक विश्वसनीय दस्तावेजको रुपमा लिनु पर्छ ।

शिवशरण सरले “क्याम्पस मेरो विश्वविद्यालय” शिर्षकको आफनो गहनतम लेखमा आफु क्याम्पसमा शिक्षककोरुपमा प्रवेश पाउदा सम्मको इतिवृत्त जसरी बकेका छन् त्यस्ले क्याम्पस भित्रको डरलाग्दो स्थितिलाई प्रकट गरेको छ । उनले आफनो लेखमा लेखेका छन् :
bakpatra

सुकुटी र जाँडको तालमा धवलागिरी बहुमुखी क्याम्पसको शिक्षक बन्ने प्रस्ताव कसले दियो ? त्यो उनले खोलेका छैनन् तर शिक्षक पदको लोभले जाँडसंग आफु साटिएको भने स्वीकार गरेका छन् । उनले मुख खोलेको भए राम्रो हुन्थ्यो, कीर्तिपुरमा बोलाएर सुकुटी र जाँडको तालमा उनलाई शिक्षक पद अफर गर्ने को हुन ?

शिवशरण सरले सुकुटी र जाँडको तालमा शिक्षक पदको अफर पाएपछी बागलुङ आउदाको मार्ग चित्रण यसरी गरेका छन् :
bakpatra 1campus - Copy

विज्ञ पाठक समक्ष निवेदन गरिरहनु नपर्ला उनले आफनो बकपत्रमा बकेका कुराहरुले उनी कुन च्यानलबाट बागलुङ प्रवेश गरेका हुन ।

उनले लेखको यस प्याराग्राफमा स्पष्ट भनेका छन् …खबरको च्यानल त अर्कै थियो त्यसकारण सरसंग मैले ठेगाना मागी रहनु परेन ।

शिवशरण सरले आफनो बकपत्र (इतिवृत्त)मा शिक्षक नियुक्तीको सिलसिलामा पुन माघ २३ गते बागलुङ आएको उल्लेख गरेका छन् । जातखातका कुरा कोट्टाएका छन् र आफनो नियुक्ती अर्कैले ल्याई दिएको पनि बताएका छन् ।

bakpatra 3

बकपत्रमा उल्लेख गरिएका हँस सर (हंसबहादुर सार्की) र शिवशरण ज्ञवालीको जात कसरी एउटै हुन पुग्यो ? गुल्मीका शिवशरण सरको नियुक्ती बझाङ घर हुने हंस सरले कसरी बुझेर एक होटलमा लगेर बुझाए ? अर्थात यस अभिव्यक्तिको अर्थ के हो ? यी प्रश्नहरुवीचको तादात्म्यतालाई लिएर खुलदुली पाठकहरुमा हुनु अस्वाभाविक होईन ।

स्मारिकाको भाषा संपादनको जिम्मा समेत पाएका शिवशरण सरले आफनो बकपत्रमा ….पैसा त कोरिया गए बोराका बोरा कमाईहालिन्छ ….मेरो आउने बाटो सफा छैन, म कतै जाँड संग साटिएको छु त कतै दलसंग…उल्लेख गरेका छन् पढौँ….

bakpatra 4

जुन मार्ग (व्दार)बाट शिवशरण सर क्याम्पसमा प्रवेश गर्न सफल भए त्यहि मार्ग अरु सरहरुले पनि अख्तियार गरेका कारण यो विवादित बकपत्रले स्मारिका जस्तो दस्तावेजमा स्थान पाएको हो कि ? प्रश्न यो पनि उव्जिएको छ ।

सह प्राध्यापक डा. थापा जस्ता विव्दानको प्रमुख सम्पादनमा २२ जना सरहरुको प्रयासमा प्रकाशित स्मारिकामा पेशामै कलंक लाग्ने जस्ता बकपत्रले स्थान पाउनु निश्चयपनि धेरैलाई पाच्य विषय हुन सक्तैन । शिवशरण सरको यस विवादास्पद लेख (बकपत्र)ले उनको हैसियतलाई उदाँग त पारेकै छ, यसले स्मारिकाको गरिमा माथि नै प्रश्न खडा गरेको महसूस विव्दतवर्गमा गरिएको छ ।

शिवशरण सरको यस बकपत्र (लेख) प्रति धवलागिरी बहुमुखी क्याम्पसमा कार्यरत लगभग सबै सरहरुको आपत्ति रहेको बुझिन्छ । जसले स्मारिमा पढे, उनिहरुबाट एउटै प्रश्न सुनिन्छ, शिवशरण सरको यस्तो लेखले स्मारिका जस्तो संग्रहनीय, पठनीय, विश्वसनीय ग्रन्थमा कसरी प्रवेश पायो ? कसको गल्तीवस या पूर्वाग्रहवस या जानाजानी यो लेखले स्थान पायो ? आदि गम्भीर प्रश्नहरुको जवाफ पाठकहरुले खोजी रहेका छन्, जसको जवाफ स्मारिका प्रकाशनमा संलग्न प्रधान सम्पादक लगायत सम्पादन सहयोगीबाट आउनु अति नै जरुरी छ ।
kaliganga-plane-1-Copy1

बागलुङ, २०७२ असोज १ ।


हाम्रो फेसबुकट्वीटर पेज मार्फत् समाचार पाउनुहोस ।

प्रतिक्रिया छ कि ?

Leave a comment!

Comments:

प्रमुख-समाचार »



dhaulashree ebaglung