-->
घरपाना » ताजा-खबर, समाचार/बिबिध » बिरामीपर्दा धामीझाँक्री राख्ने निसीको प्राचीन परम्परा !

बिरामीपर्दा धामीझाँक्री राख्ने निसीको प्राचीन परम्परा !

Submitted by on November 11, 2014 – 4:00 pm2 Comments

कविता घर्तीमगर

nisims dhamiबागलुङको निसी गाउँ विकास समिती भौगोलिक हिसावले एकदमै रमणीय छ, जति त्यो ठाँउ रमाईलो छ त्यतिनै विभिन्न परम्परागत सँस्कार पनि विद्यमान छ । जसमध्ये सर्वसाधारण विरामी हुदा धामीझाँक्री राख्ने परम्परा पनि एक हो ।

आदिमकालदेखि नै बसोबास गर्दै आएका धेरै जसो मगर जातीको थलो र केहि मात्रामा दलित, छन्त्याल, ब्राह्रमण लगाएतका जातजाती बसोबास गर्दछन । घरमा कोहि सदस्य सामान्य विरामी भएमा सामान्य झारफुक गर्ने तथा धेरै नै विरामी भए धामी झाँक्री राख्ने प्रचलन अझै कायम छ । जुन झाँक्रीले हातमा एउटा ध्याङग्रो र गोजा लिन्छ आफ्नो शरीरमा सहज हुने गरि आफ्नो शरीर अगाडीपछाडी बाँधेको कपडाको बाक्लो पेटीमा पछाडी विभिन्न जँगली जनावारको छाला टाउको लगाएतका विभिन्न अँग झुण्डाएको हुन्छ र विभिन्न साईजका घण्टीहरु समेत सजाएर झुण्डाइएको हुन्छ । त्यसै गरि टाउकोमा सेतो धरो बाँधेर चिलको प्वाँख धागोमा उनेर सेतो धागोमा बाँधिएको हुन्छ ।
Nisi22

निसी गाविसको रमणीय निसी गाउँ ।

यसरी धामीझाँक्री आफ्नै भेषमा विषेश तरिकाले सजिएपछि विरामीको अवस्था अनुसार एक राते र दुई राते गरि विरामीको घरमा धामी बस्ने प्रचलन छ । जुन घरमा धामीझाक्री बस्छ राम्रो गृहदशा भएकालाई नभन्ने नराम्रो गृहदशा भएमा भनिदिन्छ भन्ने धारणाले धामी बस्ने कार्य नसकिएसम्म त्यसघरमा वरपरका छरछिमेकी ईष्टमित्र लगाएतको निकै भीड हुने गर्दछ । धामीझाक्रीहरु विरामीको ग्रहदशा अनुसार एक जना देखि चारपाँच जना धामी समेत बस्ने गर्दछन् ।
nisika mahila

निसीका कामकाजी महिलाहरु ।

गाँउघरका सर्वसाधारण विरामी हुदा मात्र होईन बाटोघाटोमा बनाएको चौतारी, मठमन्दिर, विसौनी लगाएतका धार्मिक स्थलहरुलाई सज्न (सजाउन) को लागी तथा देवीदेवतालाई पुजाआजा गर्दा पनि धामीझाँक्री बस्ने गर्दछन । यस्ता धार्मिक स्थालहरु मरेका आफ्ना आफन्तहरुको सम्झनामा बिसौनी,मठहरु निर्माण गर्दछन् त्यहि मरेका ब्यक्तिहरुको आत्मालाई खुशी बनाउनको लागी बर्षका एक चोटी धामीझाक्री बसेर मरेका मान्छेहरुको सम्झनामा मिठामिठा तथा रक्सी लगाएतका विभिन्न परिकारहरु बनाएर चढाउने गर्दछन ।
nisi1qqq

रमणीय निसी उपत्यका ।

निसीका वडा नं. १ देखि ९ सम्मका विभिन्न जातजातीका तथा धर्म लिंगका ब्यक्तिहरु समेत धामीझाक्री बन्ने गरेका छन । धामीझाँक्री विषेश गरि सर्वसाधारण विरामी हुँदा , मरेको मान्छेको सम्झनामा बनाइएका विसौना मठमन्दिर सजाउदा तथा विभिन्न कुलमुलका देवीदेवताहरुका लागी बसाल्ने गरिन्छ ।

431001_375118055846787_332262637_n

सर्वसाधारण सामान्य विरामी हुदा कुनचाहि कुल तथा बोक्सी लागेको हो भनि चामलबाट नक्षेत्र हेरि तिन चुलाको खरानी लिएर मन्त्र गरिन्छ सामान्य खरानीको मुर्ती बनाएर सिलापत्र धजा राखेर कुचोव्दारा झारफुक गर्ने अनि अन्त्यमा कुचोलाई माथी अल्गाएर भुइमा फाल्ने अनि त्यो कुचो भँुइमा झर्दा ठाडो र तेस्रो भएपछि मसानको चित्त बुझ्यो अब विरामी सन्चो हुन्छ भन्ने बझ्ने उल्टो भयो भने विरामी झनै नराम्रो दशा छ भन्ने बुझिन्छ ।

432103_375118279180098_1172049031_nयसरी बनाएको मुर्ति र धजा लगाएतका समान दोवाटोमा लगेर राखिन्छ । र विरामी अलि धेरै विरामी भएमा उसको ग्रहदशा अनुसार उ जुन दिन मर्ने अथवा दशा छ त्यस दिनलाई कटाउनको लागी एउटा नाङलोमा नौमाना मकैको गेडा,नौ वटा रोटी, काठको चन्द्रसूर्य , पिठोको विभिन्न तोस , नाग, लगाएत बनाएर नौ जना धामीको सहयोगी (चिल्मी) ले विरामीलाई समेत नाङलोमा राखेर नौचोटी उचाल्ने गरिन्छ ,यसरी उचाली सकेपछि पाठा वा कुखुराको मुटु निकालेर ती गेडा रोटी नाङलोमा जेजे छन त्यसमा रगत चुहाउने गरिन्छ । त्यसरी चुहाएको रगत जसले विरामी बनाएको (काक्सीबोक्सी,कुलमुल) हो त्यस्ले अदृश्य रुपमा त्यो खान पाएपछि खुसी भै विरामी हुनबाट मुक्त भईन्छ भन्ने विश्वास छ, जसलाई जरेगौडा उचाल्ने भनिन्छ । अनि धामीले विभिन्न सेलोसास्टरव्दारा कुलमुल तथा काक्सीबोक्सीको चित बुझाएर आफुले पहिरिएको सम्पुर्ण भाँडाकुडा फुकाल्ने गर्दछ ।

nisi-jhankriत्यस्तै गाउँघर तिर प्रायः मरेका आफ्ना आफन्तहरुको सम्झनामा मठमन्दिर विसौनी लगाएत चिनोका रुपमा निर्माण गरिएका हुन्छन् । उनिहरुको नाममा चिनो बनाएपछि उनिहरु त्यहा आएर परिवारबाट खानेकुरा तथा चोखोनिष्ट हुनको लागी आशा राखेका हुन्छन त्यसैले २ ,३ वर्षको फरकमा धामीझाँक्रीसहित विभिन्न बाख्रापाठा काटेर भोग दिने ,ठाँउ सफा गरिदिने गरेपछि मरेको ब्यक्तिको आत्माले शान्ति पाउछ भन्ने चलन छ ।

जो ब्यक्ति झाँक्री बन्छ त्यस्को सन्तान जसरी भएपनि झाँक्री नै बन्ने गर्छ । झाँक्री बन्नको लागी उसलाई स्वभावैले झाँक्रीका गुनज्ञानहरु आउने गर्दछ अनि उसको शरीरमा कुलदेवताहरु चढ्छ अरु पाका झाँक्रीहरुले सुवा चढाएर आफुसंग भएका गुणज्ञानहरु सिकाउछन, अनि उसका पुर्खा जो धामी थियो त्यसको घण्टी पहिराएर झाक्रीमा परिणत गर्र्छन अनि यस्तै तरिकाले त्यस स्थानमा झाक्रीहरु उत्पादन हुने गरेको निसी वडा नं. ९ चुसीबाङका स्थानीयले बताउ छन् । उनिहरुका अनुसार विभिन्न कुलमुल देवीदेवता र काक्सीबोक्सी लागे समस्या आफुहरुले समाधान गर्ने र विभिन्न रोगब्यथाका लागी अस्पतालले समाधान गर्न सकिने बताउछन् ।

निसी गाउँ विकास समिती सदरमुकामको पहँुचदेखि निकै टाढो छ । सदरमुकामदेखि जतिपनि सेवासुविधा पाउनुपर्ने हो त्यो अपर्याप्त छ । अनि रुढीबाढी परम्परापनि कायमै रहेको पाईन्छ । धेरै पहिले देखिका बुढा पाकाहरु अझै जिउदै छन उनिहरु नमरुन्जेलसम्म मान्दै आएका परम्परागत रितिरिवाज तथा संस्कारहरु छोरा नाति जति शिक्षित जाने बुझेको भएपनि समर्थन जनाउने गरेको निसी ३ घर्तीथोकका बुद्धिजिवी थमन घर्तीमगरले बताउछन् । उनले अवको समय परिबेश अनुसार यसता संस्कार विस्तारै आफ्नो लगाएत छोरानातीको पालामा परिवर्तन हुने विश्वास व्यक्त गरे ।

त्यस स्थानमा स्वास्थ्यचौकी एउटा मात्र छ अहिले विस्तारै निजी मेडिकल फाट्टफुट्ट सञ्चालनमा आएका छ तर त्यस स्थानका स्थानिय विरामीको शंका लागेपछि अस्पतालमा जचाउन होईन चामलको अछेता लिएर धामीझाँक्रीकोमा कुनमसान लागेको छ भनि हेराउने जाने चलन छ । जसले गर्दा धामीपरम्परा कायम हुन र उत्पन्न हुनमा सघाउ पुगेको छ ।

त्यस्तै निसी वडा न. ४ की ननजरा घर्तीमगर पनि विगत दुई बर्षदेखि प्यारालाईसिस (जसलाई गाउघरमा स्वर्गवाण भन्ने चलन छ )बाट ग्रसित थिईन धेरै दिन दुःख पाईन उनको ईच्छा थियो जैसी(सामान्य झारपुक गर्ने ब्यक्ति)लाई लाई झार्न लगाएपछि म निको हुन्छ ।


तर उनका छोरा रोविन थापाले बुर्तिबाङ बजारमा ल्याएर नसा सम्वन्धि अस्पतालमा लिएर ३, ४ दिन सम्म थेरापी गर्न लगाए तर उनिमा कुनै परिवर्तनमा आएन उनि त झन विरामी हुदै गईन । पछि घर गएर जैसी बोलाएर कचौरामा पानि राखेर ४,५ दिन मन्त्र गर्दै झरे पछि उनि पुर्ण रुपमै सन्चो भईन । यसरी उनको जैसीले मात्र मेरो रोग ठिक पार्न सक्छ अस्पतालले मेरोलागी केहि गर्ने सक्दैन भन्ने उनको धाराणा पुरा भएपछि उनि ठिक भएका प्रमाणित भएको उनका परिवारले बताएका छन् । यसरी त्यस स्थानका बुढापाको धामीझाँक्री माथीको जनविश्वास कायम रहेको छ ।
kabita
कविता घर्तीमगर,निसी ।


हाम्रो फेसबुकट्वीटर पेज मार्फत् समाचार पाउनुहोस ।

प्रतिक्रिया छ कि ?

2 Comments »

  • tsarbahadur@yahoo.com' TEK DHWOJ GHARTI MAGAR says:

    धेरै देश मा विश्वास गर्दछन झाक्रीको Searching for whatever good writing अझै खोजि गर्दै जानुस

    Like or Dislike: Thumb up 0 Thumb down 0

  • Bishnu Roka via Facebook says:

    Kabitaji gufai ta ho ni

    Like or Dislike: Thumb up 0 Thumb down 0

Leave a comment!

Comments:

प्रमुख-समाचार »



dhaulashree ebaglung