-->
घरपाना » ताजा-खबर » ऐतिहासिक शंखुबारीमा अर्गली मगरहरुले आज भुस पोले !

ऐतिहासिक शंखुबारीमा अर्गली मगरहरुले आज भुस पोले !

Submitted by on November 10, 2013 – 9:13 pmNo Comment

कृष्ण कँडल, गल्कोट २०७० कात्तिक २४ । एतिहाँसीक भुस पोल्ने मेलाको अवसरमा अर्गलका मगरहरुको परम्परा अनुसार आज एैतिहासक संखवारीमा विधिपुर्वक भुस पोलिएको र पर्सि छापे खनेर विधिवत रुपमा हिउँदे अन्नवाली लगाउन सुरु गरिने वताएका छन ।

अर्गली मगरहरुले आफ्ना पुर्खाहरु पाल्पाको अर्गलीबाट अहिलेको अर्गल भन्ने ठाउँमा आई खोरिया फाँडेर खेतिपाती तथा वसोबास गरेको सम्झनामा भुस पोल्ने तथा छापेखन्ने पर्व मनाउने गरेका छन । आफ्ना पुर्खाहरुले सवैभन्दा पहिले खोरिया फाँडी खेतिपाती गरेको स्थान अहिलेको संखुबारीमा भुस पोल्ने र छापेखन्ने गर्ने संस्कृति चलाईएको स्थानीय सूर्य पुलीसाले जानकारी दिएका छन ।
मगर परम्परा अनुसार गत एक वर्षभरी अर्गली मगर समुदायमा मृत्य भएका घरपरिवारबाट आज आफ्नो माइती र मावलीमा होलादास पु¥याएका छन । हालादासमा चामल, मासु, हाचक, भुुसकेट लगायतका सामग्री समावेश हुन वताईएको छ । आज लगिएको होलादाश भोली माईती र मावलीको घरमा बाँडेर खाने चलन रहेको छ । होलादाश पु¥याएसँगै आज देखि मृत्यु भएकाहरुको बरखी फल्ने कार्य सुरु भएको छ । बरखी फालेपछि आफन्तको मृत्युको दुखबाट मुक्ति हुने मान्यता रहेको उनिहरु वताउँछन ।

कार्तिक २८ गते देखि गत १ वर्ष भरि जन्मिएकाहरुको पुत्रबडाइँ सुरु गरिन्छ । यसवर्ष १६ जनाको पुत्रवडाइँ गरिने वताईएको छ । ऐतिहासिक भुस पोल्ने मेलाको अवसरमा आज अर्गलमा खुल्ला पुरुष भलिवल प्रतियोगिताको पहिलो चरणका ४ खेलहरु सम्पन्न भएका छन ।

एैतिहाँसीका भुस पोल्ने मेलाको अवसरमा विगत देखि नै विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम गर्दै आएको आएको छ । मेलाको अवसरमा आयोजना गरिएको खुल्ला पुरुश भलीबल प्रतियोगिताको पहिलो चरणका चार खेला आज सम्पन्न भएका छन ।

२१ समुहको सहभागिता रहेको भलिवल प्रतियोगितामा आयोजक अर्गल खेलकुद विकास मञ्चलाई पराजित गर्दै वाईसी एल तंग्राम, भदौरे मेला व्यवस्थापन समिति अर्गललाई पराजित गर्दै नवसिर्जना युवा क्लव अमरभुमि माझखर्क, लेकाली समाज सुधार युवा परिवार अर्गल खलडाडालाई पराजित गर्दै सीप युवा क्लव तारा र बरङ्जा म्याग्दीलाई पराजित गर्दै अर्गल मावि अर्गल दोस्रो चरणमा प्रवेश गरेका छन ।

मेलाको अवसरमा खुल्ला पुरुष भलिवल प्रतियोगिताको साथमा गाविस स्तरिय खुल्ला महिला भलिवल प्रतियोगिता, गाविस भित्रको अन्तरवडा स्तरिय धनुषवाण प्रतियोगिता सहित स्थानिय संस्कृति झल्किने झाँकी तथा सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

यसैवीच हरिवोधनी एकादशी मेलाको अवसरमा आज खुल्ला पुरुष भलिवल प्रतियोगिताको पहिलो चरणका ५ ओटा खेलहरु सम्पन्न भएका छन ।

आज भएका पहिलो चरणको खेलमा विपक्षिलाई पराजित गर्दै राजमो वागलुङ, वाईसीएल कोटमैदान हटिया, वाईसिएल धुस्तुङ हटिया, सुनाझाँक्री युवा परिवार हिस्लाङ हरिचौर, र योङ व्याईज समुह काक्राखोर हिल दोस्रो चरणमा प्रवेश गरेका छन । प्रतियोतिामा २४ समुहले भाग लिएका छन ।

कार्यक्रमको अवसरमा जनवादी गायक जिवन शर्मा, चर्चित लोक गायिका देवी घर्ति, लोक गायक राजु ढकाल लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने प्रचारसंयोजक पुर्ण चोखालले जानकारी दिए ।

घुम्टे हाम्रो सान पर्यटन विकास हाम्रो अभियान भन्ने नाराका साथ त्रिशुली युवा क्लव हिल–६ ले आयोजना गरेको मेला यहि कार्तिक २८ गते सम्म सञ्चालन हुनेछ ।


हाम्रो फेसबुकट्वीटर पेज मार्फत् समाचार पाउनुहोस ।

प्रतिक्रिया छ कि ?

Leave a comment!

Comments:

प्रमुख-समाचार »



dhaulashree ebaglung