-->
घरपाना » ताजा-खबर » अदुवाबारीको पुल नबनोस, भकुण्डेको केबलकार !!!

अदुवाबारीको पुल नबनोस, भकुण्डेको केबलकार !!!

Submitted by on June 22, 2013 – 4:02 pmNo Comment

बागलुङ जिल्ला सदरमुकामसंग जोडिएको भकुण्डे गाविस पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यस गाविसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीयतहमा केहि वर्ष देखी प्रयासहरु भैरहेका छन् ।
SAM_1133यी प्रयासहरु कछुवा गतिमा अघी बढिरहेको बेला बागलुङ बजार कालिका मन्दिर देखी भकुण्डे सम्म केबलकार निर्माण गर्ने सुसमाचार बाहिर आएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्राविधिक टोलीको अध्ययनबाट बागलुङ–भकुण्डे केबलकार निर्माण र सन्चालन गर्न प्राविधिक दृष्टिले उपयुक्त देखिएको बताएपछी स्थानीयहरुमा यसको निर्माणमा आशा पलाएको हो ।

गत बर्ष बागलुङ नगरपालिका १ बाँगेचौर देखी पर्वत पाङको अदुवाबारी जोड्ने झोलुंगे पुल निर्माण गर्ने निकै झयाली पिटियो । यसको निर्माण सम्वन्धी समाचारहरु छ्याप्छ्याप्ती बाहिर आए । कुस्मेलीहरुले पर्वतकै ज्ञादी जोड्ने मोदी खोलामा हालेको देशकै अग्लो र लामो झोलुंगे पुलले बागलुङेहरुलाई दिएको झड्का थियो यो ।
bhakunde-himal (6)
आफुले जाँगर नदेखाउने छिमेकीले गरेको देखेपछी खुट्टा उठाई हाल्ने (हामीपनि कहाँ कम छौँ ? भन्ने) प्रवृत्तिको द्योतक बन्यो अदुवाबारी पुल । अन्तत: बागलुङ नगरपालिकाको अदुवाबारी जोड्ने पुल समाचारमै सीमित रहन पुग्यो । पुल निर्माण शुरु गर्न माटोपनि छोएनन यी गफडीहरुले ।
khurpani fuleko (2)
त्यस्तै कुस्मेलीहरुको प्रयासमा बागलुङ नारायणस्थान जोड्ने यान्त्रिक पुल (केबलकार)को निर्माण पछी अर्को झड्का बागलुङेहरुले खाएका छन् । त्यसै झड्काको कम्पन भकुण्डे केबलकार हो भन्न कुनै अप्ठेरो मान्नु पर्दैन । कुरा यत्ति हो, अदुवाबारीको पुल जस्तो गफको विषय नबनोस् ।
SAM_1113
कुस्मेलीहरुको अर्को प्रयास बाहिर आएको छ त्यो हो कुस्मा बलेवा नेपाले जोड्ने कालीगण्डकी मोटरेबल पुल । यो प्रयासले साकाररुप पाउन थालेपछी बागलुङवासीहरुले अर्को कुन घाटमा यस्तै अवधारणाको गफ चुट्ने हुन् त्यस्लाई केहि समय प्रतिक्षा गर्नुनै बेश होला ।
SAM_1034
भकुण्डे सबैको समान चासोको विषय हो । पर्यटनका निम्ति प्रयाप्त संभावना बोकेको भकुण्डे म्याग्दीको पुन हिल, कास्कीको सराङकोट, पर्वतको पन्चासे, मकवानपुरको दामन लगायत अन्य पर्यटकीय स्थल भन्दा कुनैपनि दृष्टिले कम छैन । तर सरोकारवालाले चासो नदिएकै कारण भकुण्डे ओझेलमा परेको छ ।
SAM_1344
जिल्ला विकास समिति बागलुङको आर्थिक सहयोगमा दुई वर्ष पहिले निर्माण शुरु गरिएको भकुण्डे टावर अर्थाभावले अलपत्र छ । जिविसका जिम्मेवार व्यक्तिहरु नाकैको योजना अलपत्र पर्दापनि रत्तिभर संवेदनशील बनेनन् । खुला दिसामुक्त गाविस अभियानमै एक वर्ष रमाए जिविसका हाकिमहरु, अब शुरु गर्दैछन खुला दिसामुक्त गाविसहरुको अनुगमन ! किनकि त्यहाँ छ, फिनल्याण्ड सरकारले दिएको धन राशी । त्यसलाई कसरी तुर्ने त्यसैको तानाबानामा लागेका छन जिविसका हाकिम्, किन दिन्थे भकुण्डेको टावर तिर ध्यान ?
SAM_1130
करिब ६० करोड रुपयाँको लागत लाग्ने बताईएको यो केबलकार निर्माण गरेर सन्चालनमा आएपछि साँच्चै भकुण्डेले काँचुली फेर्नेछ भने बागलुङ जिल्लाको पर्यटन विकासमा कोशेढुंगा सावित हुनेछ, यसमा शंका छैन । कामना गरौँ, यो योजनाले जतिसक्यो चाँडो साकार रुप पाओस ।

तस्बीर- भकुण्डेबाट देखिने दृश्यहरु !
-कालीगंगा


हाम्रो फेसबुकट्वीटर पेज मार्फत् समाचार पाउनुहोस ।

प्रतिक्रिया छ कि ?

Comments are closed.

प्रमुख-समाचार »



dhaulashree ebaglung