गुल्मीमा कांग्रेस , एमाले दुवैले खाता खोले

प्रेम सुनार, गुल्मी, २०७४ असार १५ । ५ नम्वर प्रदेश अन्तरगत गुल्मीमा भएको दोश्रो चरणको स्थानिय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले दुई वटा वडामा खाता खोलेका छन् । गुल्मी दरवार गाउँपालिका वडा नम्वर १ मा नेकपा एमालेका वडाध्यक्ष सहित पुरै प्यानल विजयी भएको छ भने वडा नम्वर ७ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो ।
वडा नम्वर १ मा एमालेका रामबहादुर पुलामी ७६६ मत ल्याए र विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्धी प्रेम पुन ६७५ मत ल्याएर पराजित भएका हुन् । वडा नम्व ७ मा कांग्रेसका टोपबहादुर वस्नेत ८३० मत ल्याएर विजयी भएका छन् । एमालेका खेमलाल अर्याल४९४ मतले पराजित भएका हुन् । रुरु वडा नम्वर १ मा रामलाल बिक विजयी भए पनि वडा नम्वर ६ मा समेत जितको नजिक पुगेकोले संगै घोषणा गर्ने भन्दै रोकिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *