म्याग्दी मालिकामा ६० वर्षिया श्रीमतीव्दारा ७० वर्षिय श्रीमानको हत्या

म्याग्दी, २०७४ असार १५ । म्याग्दीमा ६० वर्षिया श्रीमतीले ७० वर्षिय श्रीमानको हत्या गरेकी छिन् ।

म्याग्दी जिल्लाको मालिका गाउँपालिका–५ देवीस्थान जुग्जा बस्ने ७० वर्षीय खर्क घर्तीलाई उनकै श्रीमती ६० वर्षीया तारादेबी घर्तीले बुधबार हँसिया र साबेल प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको छ । घटनाको कारण हाल खुलेको छैन ।

प्रहरी टोली घटनास्थल पुगेर श्रीमती तारादेबीलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *