सामुदायिक भवनको शिलान्यास : जैमिनी नगरको विकास आफनो प्राथमिकता

विजय राना, बागलुङ २०७४ असार १५ । जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेलले जैमिनी नगरकोे विकास निर्माण आफ्नो प्रथामिकतामा रहने बताएका छन् ।

जैमिनी नगरपालिका वडा न. ७ जैदी बोरमा निर्माणाधीन भगवीि सामुदायिक भवनको शिलान्यास गर्दै पौडेलले समुन्नत जैमिनी निर्माणको लागि आफुले निरन्तर कामगर्ने बताए ।

मेयर पौडेल, उपमेयर लिला राना र नेबि संघका सह महामन्त्री हरिहर शर्माले संयुक्त रुपमा गरेको भवन शिलन्यासमा उपमेयर रानाले जैमिनी नगरका सबै वडाको विकासमा आफुहरुको उत्तिकै ध्यान रहने बताउदै भवन एक वर्षभित्रै सक्ने गरि बजेट बिनियोजनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

२ तले सामुदायिक भवन निर्माणको लागि भवन डिभिजन कार्यलयबाट २ लाख रुपैयाँमात्रै विनियोजन गरिएको छ । भवन पूरा हुनको लागि १५ लाख रुपैयाँ लाग्ने भएकाले थप सहयोग गर्न जैमिनी नगरपालिका सँग माग गरिएको भवन निर्माण समितिका अध्यक्ष तमसम रानाले जानकारी दिए ।

भगवती सामुदायिक भवन निर्माण समितिका अध्यक्ष तमसम रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विजय रानाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *