काँडेवास स्थित प्राचीन भीक्षु पोखरीको मर्मत कार्य सुरु

लक्ष्मण चालिसे, गल्कोट २०७४ असार १४ । गल्कोट नगरपालिका ८ काडेबासको चालिसेटोलामा रहेको प्राचीन कालमा भिक्षु द्वारा निमार्ण गरिएको काडेबासकै ठूलो पोखरीको मर्मत कार्य सुरु गरिएको छ ।

जिल्ला भू संरक्षण कार्यालयको रु ७६ हजार,स्थानियको जनश्रमदान रु ५०हजार लागतमा मर्मत कार्य सुरु गरियको मर्मत समितिका संयोजक गोपाल चालिसेले जानकारी दिए ।

सो पोखरी मर्मत कार्य सम्पन्न गर्न ३लाख लागत अनुमान गरिएको छ । ३ फिट गहिराई र ५५ मिटर लम्बाई रहेको उक्त पोखरीको चौडाई १० मिटर रहेको छ । उक्त पोखरी मर्मत पश्चात चालिसेटोलाको दासिङ २० घरधुरी प्रत्यक्ष लाभान्वित हुने स्थानीय धनश्याम चालिसेकाृ भनाई छ।

पोखरीमा खानेपानीको मुल ट्याङकीबाट धेरै भएको पानीलाई जम्मा गर्ने योजना बनाईएको रबर्षा याम धान रोपाई र हिउदमा तरकारि र बारिमा सिचाइ गर्न समेत कृषकलाई सहजहुने बताईएको छ ।
आज पोखरी सफाई तारबारको लागि पोलहरुको गाडिएको यसलाई नमुना पोखरी बनाईने स्थानीय बासिन्दाले बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *